गठबन्धनका उम्मेदवार सिटौलाले गराए उम्मेदवारी दर्ता कोशीबाट

 

गठबन्धनका उम्मेदवार सिटौलाले गराए उम्मेदवारी दर्ता कोशीबाट

विराटनगर : माघ ११ मा हुने  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट गठबन्धनका साझा उम्मेदवार कृष्ण प्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन्।

सिटौलाले सोमबार कोशी प्रदेशको निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा उम्मेदवार दर्ता गराएका हुन्। निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ।

सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते  प्रकाशन गर्ने आयोगको कार्यतालिका छ। यससँगै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गर्नेछ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदान सकिएलगत्तै गणना गरिने आयोगले जनाएको छ। राष्ट्रिय सभामा रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो।

 

More From Author

माछा मार्न खोलामा गएका पुरूष मृत फेला

कोरोना भारतबाट फर्किएका १० जनामा देखियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *