रुकुम पूर्वमा दोब्बरले बढ्यो मह उत्पादन

रुकुम पूर्वमा दोब्बरले बढ्यो मह उत्पादन

 

 

 

 

रुकुम : रुकुम पूर्वमा यो वर्ष महको उत्पादन दोब्बरले वृद्धि भएको छ।

 

यो वर्ष एक हजार ७०० मौरीका गोलाबाट १२ सय मेट्रिक टन मह उत्पादन भएको प्रारम्भिक अनुमान एकीकृत तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्व कार्यालयले गरेको छ।

गत वर्ष जिल्लामा १२ सय मौरीका गोलाबाट ६०० मेट्रिक टन मात्र मह उत्पादन भएको कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पिताम्बर बस्नेतले जानकारी जानकारी दिए।

अझै पनि किसानको मह निकाल्ने काम जारी रहेकाले उत्पादन बढ्ने उनले बताए । उत्पादित महको ८० प्रतिशत मात्र बिक्री भए एक करोड १५ लाख २० हजार  जिल्लामा आम्दानी हुने ‍कार्यालयले जनाएको छ।

सिस्ने –३ मा मात्रै यो याममा ९० लाख रुपैयाँको मह उत्पादन भएको वडाध्यक्ष हेराम खड्काले जानकारी दिए।

यो क्षेत्रको मह रुकुम पश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज पोखरा र काठमाडौँलगायत शहरमा पुग्ने गरेको छ। एक किलो मह  एक हजार २०० रुपैयाँसम्ममा बिक्री हुने गरेको जनाइएको छ ।

More From Author

केकमा गाँजा मिसाएर बिक्री गरेको खुलासा, एक पक्राउ

टुंगो लगायो २ उम्मेदवारको नाम एकीकृत समाजवादीले

Leave a Reply

Your email address will not be published. Required fields are marked *