राष्ट्रियसभाका ६ उम्मेदवार माओवादीले टुंग्यायो

 

राष्ट्रियसभाका ६ उम्मेदवार माओवादीले टुंग्यायो

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नाम टुंगो लगाएको सचिव लीलामणि पौडेलले जानकारी दिए। उनका अनुसार कोशीबाट महिला कोटामा चम्पादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दलाई उम्मेवार बनाउने निर्णय भएको छ।

लुम्बिनीमा अन्यबाट झक्कुप्रसाद सुवेदीको नाम प्रस्ताव भए पनि थप परामर्शमा टुंग्याउने तयारी भइरहेको उनले बताए।

आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभामा सिट बाँटफाँट  गरेको थियो। जसअनुसार कांग्रेसले १० माओवादी केन्द्रले ६ सीट, एकीकृत समाजवादीले दुई र जसपाले एक सिट पाउने सहमति गरेका थिए। माघ ११ गते रिक्त १९ सिटका लागि राष्ट्रियसभाको निर्वाचन हुँदै छ।

More From Author

फेरि लाग्‍यो कर्फ्यु सर्लाहीको बरहथवा नगरपालिकामा

केकमा गाँजा मिसाएर बिक्री गरेको खुलासा, एक पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *