आन्तरिक चुनावमा अमेरिकामा दुई राज्यको ट्रम्पलाई प्रतिबन्ध

आन्तरिक चुनावमा अमेरिकामा दुई राज्यको ट्रम्पलाई प्रतिबन्ध

 

 

संयुक्त राज्य अमेरिकामा २०२४ मा हुने राष्ट्रपति चुनावको दौडमा रहेका डोनाल्ड ट्रम्पलाई दुई राज्यले प्राइमरी चुनावमा भाग लिन प्रतिबन्ध लगाएको छ।

अमेरिकामा पार्टीहरूले आन्तरिक निर्वाचन गरेर उम्मेदवार चयन गर्छन्। ट्रम्पलाई कोलोराडो र मेइन प्रान्तमा पार्टीको आन्तरिक चुनावमा सहभागी हुन रोक लगाइएको समाचार संस्था एपीले जनाएको छ।

कोलोराडोको अदालतले राष्ट्रपतिको उम्मेदवारका लागि ट्रम्प अयोग्य बताउँदै उनलाई आन्तरिक निर्वाचनबाट बाहिरिन आदेश गरेको थियो।

लगत्तै मेइन राज्यका निर्वाचन अधिकारीहरूले पनि ट्रम्पलाई त्यहाँ आन्तरिक निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाएको एपीले उल्लेख गरेको छ।

ट्रम्पविरूद्ध २०२० को राष्ट्रपति निर्वाचनको नतिजा उल्ट्याउन प्रयास गरेको लगायत विभिन्न अभियोगमा गत चैतदेखि मुद्दा चलिरहेको छ

कोलोराडो र मेइनले गरेको निर्णयबारे अमेरिकी सर्वोच्च अदालतले फैसला गर्नेछ।

उनीहरूको निर्णयलाई सर्वोच्चले सदर गरे ट्रम्पले त्यहाँ आन्तरिक निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन्।

आन्तरिक निर्वाचनबाट धेरै भोट ल्याउने व्यक्तिलाई रिपब्लिकन पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाउनेछ।

 

More From Author

रणवीर कपूर सामाजिक सञ्जाल नभए पनि विवादमा आइरहन्छन्

चिकित्सक विशद दाहाल निलम्बन

Leave a Reply

Your email address will not be published. Required fields are marked *