राष्ट्रपती र प्रधानमन्त्रि प्रचण्डले जे गर्यो दाम्मी गर्यो अधिकार सबैले पाउने भए,एमालेले भन्योःनागरिकता विधेयक प्रमाणीकरण संसदको अपमान,देशभर विरोध
एमालेले भन्योःनागरिकता विधेयक प्रमाणीकरण संसदको अपमान,देशभर विरोध हुने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैठकले नागरिकता विधेयक मन्त्रिपरिषदबाट लगेर पास गर्नु नेपालको संविधान, प्रचलित कानून एवं स्थापित संसदीय मान्यताको विपरीत भएको ठहर गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
अघिल्लो संसदले पारित गरी प्रमाणीकरण गर्नका लागि पठाएको संवैधानिक समयसीमाभित्र प्रमाणीकरण नभएपछि निष्क्रिय अवस्थामा रहेको विधेयकलाई ताजा निर्वाचन भएर नयाँ प्रतिनिधि सभा गठन भइसकेको समयमा अहिले प्रतिनिधि सभाले पहिलो अधिवेशन सम्पन्न गरी दोस्रो अधिवेशन चालु रहेको अवस्थामा मन्त्रिपरिषद्ले विधेयक प्रमाणीकरणको सिफारिस गर्ने, र राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संसदको अपमान भएको उनले बताए।
भिडियो हेर्नुहोस