
ओहायो-नेपाली संगीत क्षेत्रमा नयाँ म्युजिक भिडियो ‘हेर न आकाशमा’ सार्वजनिक हुने तयारीमा रहेको छ। Hut No. 55 को प्रस्तुतिमा निर्माण भएको यस भिडियोमा घाना सुनार र पाबी पोर्टेल सुनार मुख्य भूमिकामा देखिँदैछन्।
गीतमा कृष्ण घिमिरेको स्वर रहेको छ भने गीतका शब्द रमेश दियालीले लेखेका हुन्। स्माइल दासले संगीत तथा एरेन्जमेन्ट गरेका छन् भने गीतको मिक्सिङ तथा मास्टरिङ बिशम आचार्यले गरेका छन्।
प्रेम, सम्बन्ध र भावनात्मक कथालाई केन्द्रमा राखेर तयार पारिएको म्युजिक भिडियोको निर्देशन रमेश दियालीले गरेका छन्। भिडियोको छायांकन दुर्गा बान्तवा राईले गरेका हुन्। त्यस्तै कृष्ण घिमिरे सहायक क्यामेरामा र पूर्ण खरेल ड्रोन छायांकनमा रहेका छन्। भिडियोको सम्पादन तथा कलर टेकेन्द्र शाहले गरेका छन्।
यस म्युजिक भिडियोका निर्माता अरुण गजमेरे, Owner/Lifeline Pharmacy, रहेका छन्। निर्माण पक्षका अनुसार ‘हेर न आकाशमा’ मा प्रेम र सम्बन्धका भावनात्मक पक्षलाई आकर्षक दृश्य तथा कथामार्फत प्रस्तुत गरिएको छ। गीतको भाव, कलाकारको अभिनय र प्राकृतिक दृश्यको संयोजनले दर्शक–श्रोतामाझ नयाँ अनुभूति दिने अपेक्षा गरिएको छ।
नेपाली संगीतप्रेमीहरूका लागि प्रतीक्षाको विषय बनेको ‘हेर न आकाशमा’ म्युजिक भिडियो छिट्टै सार्वजनिक हुने तयारीमा रहेको छ। निर्माण पक्षले भिडियो सार्वजनिक भएपछि दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास व्यक्त गरेको छ।



