भगवान रामको जन्म जयन्तीको अवसर पारेर रामनवमी व्रत सुरु


अमेरिका ।  हिन्दु धर्म तथा साँस्कृतिक संगठन (ओएचआरसी) ले भव्यताका साथ गत शनिबार रामनवमी व्रत सुरु भएको छ । ओएचआरसीले कलश यात्राका साथ श्री भगवान रामको जन्म जयन्तीको अवसर पारेर रामनवमी व्रत सुरु गरेको हो । 
हिन्दु धर्म तथा साँस्कृतिक संगठनले उक्त कार्यक्रम हरेक वर्ष गर्दै आएपनि यस पटक विशेष रुपमा विभिन्न संघ संस्थाका प्रतिनीधिहरु, निर्वाचित प्रतिनीधि डल्फिन काउन्टीका कमिसनर डगलास जस्टिन, मगर समाजका अध्यक्ष, हिन्दु धर्म तथा साँस्कृतिक संगठनका पदाधिकारी, भुटनिज कम्युनिटी ईन हेरिसवर्गका अध्यक्ष तिलक निरौला लगायतको उपस्थितीमा सो सोभा यात्रा कार्यक्रम सुभारम्भ भएको हो । 


शनिबारबाट सुरु भएको कार्यक्रम आगामी आईतबार सम्म जारी रहने कार्यक्रममा मिडीया संयोजक सिएम निरौलाले जानकारी दिए । हिन्दु धर्म तथा साँस्कृतिक संगठनले विभिन्न धार्मिक कार्यक्रम गर्दै आई रहेको छ । यसमा पनि संस्थाले भगवान रामको जन्म नक्षत्रेलाई लिएर मनाईने रामनवमीलाई विशेष कार्यक्रमको रुपमा लिएको पाईन्छ ।
संस्थाले धर्म, संस्कार र संस्कृतिको संरक्षणका साथ साथै नेपाली भाषा प्रवद्र्धनको लागि काम गरि रहेको जनाएको छ । आगामी आईतबार सकिने कार्यक्रम हवन, पाठ पारायण, किर्तन, भजन लगायत व्रतबन्धका कार्यक्रमहरु गरेर सकिने मिडिया संयोजक निरौलाले जानकारी दिए । 


शनिबार सुभारम्भ कार्यक्रममा बोल्दै दिन भुटनिज कम्युनिटी ईन हेरिसवर्गका अध्यक्ष तिलक निरौलाले धर्मकर्म गर्दै गर्दा अहिलेको राजनीतिक अवस्थालाई हेरेर डराउनु पर्ने अवस्था नहरेको बताए । 
त्यस्तचै डल्फिन काउन्टीका कमिसनर  डगलास जस्टिनले पनि उपस्थित महानुभावहरुलाई यो समुदायले स्विकार गरिसकेको बताउँदै, उक्त समाजको अभिन्न अंग बनेकोले आफ्ना रिती रिवाज, धर्म संस्कार संस्कृति, भेष भुषाका कार्यक्रम कसैसँग डर नमानी निर्धक्क भएर गर्न आग्रह गर्नुभयो ।  यसै गरी डाक्टर ख्याम अधिकारीले पनि आफुहरुले कुनैपनि धर्म संस्कार संस्कृतीको कार्यक्रम हुँदा निर्धक्क भएर गर्न जानकारी दिनुभयो । 
कार्यक्रम मिडिया संयोजक सिएम निरौलाले सञ्चालन गर्नु भएको थियो भने संस्थाका मठाधिपति चक्रपाठी प्रपन्नले पनि मन्तब्य राखेका थिए । ब्लोमिङ लोटसले आयोजना गरेको पञ्चकन्या सहितको झाँकी र विभिन्न संघ संस्था, समुदायहरुका प्रतिनीधिले गरेको प्रतिनिधित्वले कार्यक्रमको झलक सुन्दर देखिएको थियो । 

More From Author

अमेरिकी कर वृद्धिको सामना गर्न तिन देश क्षेत्रीय व्यापार सहज बनाउन सहमत

लुइभिल केन्टकीमा भव्य सनातन हिन्दू मन्दिर र सामुदायिक भवन निर्माणको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *