डौफिन काउन्टीमा बसोबास भूटानी नागरिक डिपोर्ट, अध्यक्ष तिलक निरौलाले पुष्टि गरे

ह्यारिसबर्ग-डौफिन काउन्टीमा स्थायी बसोबास ६ जना भूटानी नागरिक मध्ये ४ जनालाई अमेरिका सरकारले डिपोर्ट गरेको छ। ह्यारिसबर्ग भूटानी समुदायका अध्यक्ष तिलक निरौलाका अनुसार ती चारजनालाई भारतको नयाँ दिल्ली पुर्‍याइएको छ र त्यहाँबाट भूटानको पारो लैजान तयारी भइरहेको छ।

निरौलाले बिहीबार बिहान एक जना डिपोर्ट भएका व्यक्तिबाट फोन प्राप्त गरेको बताए। ती व्यक्तिले आफूहरूलाई नयाँ दिल्ली पु¥याइसकेको जानकारी दिएका थिए। “उनीहरूले मलाई फोन गरेर आफूहरू अहिले दिल्लीमा रहेको बताए। अब उनीहरूलाई भूटानको पारो लगिनेछ अध्यक्ष निरौलाले बताए।

यस घटनाको सुरुवात गत मार्च महिनामा भएको थियो|
। डौफिन काउन्टीमा बस्दै आएका ती ६ जना भूटानी नागरिकलाई अमेरिकी आप्रवासन अधिकारीहरूले नियन्त्रणमा लिएका थिए। पक्राउ परेपछि उनीहरूलाई पाइक काउन्टी जेलमा राखिएको थियो। लामो कानुनी प्रक्रियापछि अमेरिकी अधिकारीहरूले उनीहरूलाई न्यू जर्सीको एलिजाबेथ टाउनबाट उडान मार्फत देश निकाला गर्ने निर्णय गरेका थिए।

सुरुमा हामीले ६ जनालाई नै अमेरिका बाहिर पठाइने भन्ने सूचना पाएका थियौं ।अध्यक्ष निरौलाले थपे। “तर अहिले चार जनालाई मात्रै डिपोर्ट गरिएको छ। बाँकी दुई जनाबारे कुनै स्पष्ट जानकारी प्राप्त भएको छैन।”

सबै ६ जना भूटानी नागरिक अमेरिका भित्र वैधानिक रूपमा प्रवेश गरेका थिए र डौफिन काउन्टीमा ग्रीन कार्ड लिएर बसोबास गरिरहेका थिए। तिनीहरू कुनै अवैध आप्रवासी नभई अमेरिकी आप्रवासन प्रणाली अन्तर्गत कानुनी रूपमा बसिरहेका व्यक्ति थिए। तर, उनीहरूलाई अप्रत्याशित रूपमा नियन्त्रणमा लिइयो र अन्ततः डिपोर्टेसनको सामना गर्नुपर्‍यो।

यो घटनाले ह्यारिसबर्गको भूटानी समुदायमा ठूलो चिन्ता उत्पन्न गराएको छ। भूटानी शरणार्थी समुदायका धेरै सदस्यहरूले यो डिपोर्टेसन अन्यायपूर्ण भएको बताइरहेका छन्।हामी सबैले अमेरिका आउँदा यहाँ कानुनी रूपमा बस्न पाउने आशा गरेका थियौं। तर, यति लामो समय बसेपछि यसरी अचानक डिपोर्ट गरिनु निकै पीडादायी छ एक भूटानी समुदायका सदस्यले भने।

अध्यक्ष निरौलाले पनि यो घटनाप्रति चिन्ता व्यक्त गरेका छन्। “हामी यस विषयमा अझ धेरै जानकारी सङ्कलन गरिरहेका छौं। यदि कुनै कानुनी विकल्प बाँकी छ भने, हामी उनीहरूको पक्षमा लड्नेछौं,” उनले भने।

यस घटनाले अमेरिकामा बसोबास गरिरहेका अन्य भूटानीहरूलाई पनि अन्यौलमा पारेको छ। सरकारसँग स्पष्टिकरण माग्न र कानुनी सहयोगका लागि पहल गरिरहेका छन्।

Source Local 21 CBS News

More From Author

‘मेरो डान्स’ र ‘मेरो भोइस युनिभर्स’ सिजन-२ को अन्तिम फिल्ड अडिसन काठमाडौंमा

अमेरिकी सांसद स्कट पेरीसँग भूटानी समुदायका चुनौतीबारे विस्तृत छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *