अमेरिकी सांसद स्कट पेरीसँग भूटानी समुदायका चुनौतीबारे विस्तृत छलफल

ह्यारिसबर्ग, पेनसिलभानिया – ह्यारिसबर्ग भूटानी समुदायका अध्यक्ष तिलक निरौलाले अमेरिकी प्रतिनिधि सभा सदस्य स्कट पेरी संग औपचारिक भेटघाट गर्दै, उहाँको सिटी भित्र बसोबास गरिरहेका भूटानी समुदायका विभिन्न चुनौतीहरूबारे गहन छलफल भएको जानकारी दिनुभएको छ।

यस छलफलमा, भूटानी समुदायले सामना गरिरहेका अधिकार, अवसर, र दीर्घकालीन स्थायित्व का लागि आवश्यक सहयोगबारे विशेष ध्यानाकर्षण गराइएको छ।

सांसद पेरी, स्टेट डिपार्टमेन्ट, र राष्ट्रिय साझेदारहरू बीच संयुक्त बैठकको आवश्यकता र निरन्तर संवादको महत्त्वलाई जोड दिइएको छ। यस्तो बैठकले भूटानी समुदायका वर्तमान समस्याहरू समाधान गर्न थप प्रभावकारी रणनीति निर्माण गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।

यस बैठकमा एउटा अति संवेदनशील विषयबारे पनि छलफल भएको छ। हालै अमेरिकामा पुनर्वास गरिएका १० जना भूटानी नागरिकहरू भूटान डिपोर्ट गरिएको भन्ने खबर आएको छ। यो विषयमा विस्तृत जानकारी माग्दै, यस घटनामा संलग्न निकायहरूको जवाफ देहिता र आवश्यक कानुनी प्रक्रिया बारे थप स्पष्टता आवश्यक रहेको बताइएको छ। अमेरिकी सरकार र अन्य सम्बन्धित निकायहरूले यस विषयलाई गम्भीर रूपमा लिएर सत्यतथ्य सार्वजनिक गर्नुपर्छ भन्ने आग्रह गरिएको ह्यारिसबर्ग भूटानी समुदायका अध्यक्ष तिलक निरौलाले बताउनु भएको छ।

सांसद स्कट पेरीलाई हाम्रो मुद्दाहरू सुन्ने समय निकालि दिनु भएकोमा धन्यवाद दिँदै भूटानी समुदायको हितका लागि आगामी दिनहरूमा थप छलफल र सहयोगको अपेक्षा गरिएको बताइएको छ। यस किसिमको संवादले भूटानी समुदायको समृद्धि, स्थिरता, र सुरक्षाको लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ।

More From Author

डौफिन काउन्टीमा बसोबास भूटानी नागरिक डिपोर्ट, अध्यक्ष तिलक निरौलाले पुष्टि गरे

अमेरिकाबाट निष्कासित भूटानीहरू २४ घण्टाभित्र भारत-नेपाल सीमामा पठाइए

Leave a Reply

Your email address will not be published. Required fields are marked *