‘मेरो डान्स’ र ‘मेरो भोइस युनिभर्स’ सिजन-२ को अन्तिम फिल्ड अडिसन काठमाडौंमा

काठमाडौं-नेपालकै सबैभन्दा ठूलो धनराशिको रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भोइस युनिभर्स’ सिजन-२ को अन्तिम फिल्ड अडिसन काठमाडौंमा हुने भएको छ। इन्ट्रा फाउन्डेसन को आयोजनामा हुन लागेको यो अडिसन काठमाडौंको सामाखुशी, कपुरधारामा रहेको नवोदित कलेज मा चैत १६ र १७ गते सम्पन्न हुनेछ।

सिजन-१ को अपार सफलतापछि यस रियालिटी शोको दोस्रो सिजन अझ भव्य रूपमा आयोजना गर्न लागिएको छ। आयोजकका अनुसार, पहिलो सिजनले दर्शक र प्रतिस्पर्धीहरूबाट उल्लेखनीय प्रतिक्रिया प्राप्त गरेकाले यो पटक कार्यक्रमलाई झन् व्यापक बनाउने लक्ष्य राखिएको छ। विशेषगरी, अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले संसारभर विभिन्न स्थानमा प्रारम्भिक अडिसनहरू सञ्चालन गरिएका थिए।

तर, विभिन्न कारणले अडिसन दिन छुटेका नेपाली प्रतिभाहरूका लागि आयोजकले काठमाडौंमा अन्तिम अडिसनको अवसर प्रदान गरेको छ। यो विशेष अवसरले नेपालभित्र र बाहिर रहेका प्रतिभावान कलाकारहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न मद्दत गर्नेछ। आयोजक इन्ट्रा फाउन्डेसनले यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ।

‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भोइस युनिभर्स’ नेपालकै सबैभन्दा ठूलो धनराशिको रियालिटी शो भएको दाबी गरिएको छ। प्रतिभाशाली कलाकारहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस प्रतियोगितामा उत्कृष्ट प्रतिभाहरूलाई विशेष पुरस्कार तथा अवसर प्रदान गरिनेछ।

यस अडिसनमार्फत छनोट भएका प्रतिस्पर्धीहरूलाई विभिन्न चरणको प्रशिक्षण दिइनेछ, जसले उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफल हुन मद्दत गर्नेछ। आयोजकहरूले इच्छुक प्रतिस्पर्धीहरूलाई तोकिएको मितिमा उपस्थित भई आफ्नो प्रतिभा प्रस्तुत गर्न आग्रह गरेका छन्।

यो कार्यक्रमले नेपाली युवा पुस्तालाई आफ्नो कला र संगीतमा उत्कृष्टता हासिल गर्न थप हौसला प्रदान गर्ने विश्वास लिइएको छ। दर्शक र प्रतिस्पर्धीहरू दुवैका लागि प्रतिक्षाको केन्द्र बनेको यस अडिसनले नेपाली मनोरञ्जन उद्योगमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

More From Author

अमेरिकामा भारतीय आमाले आफ्नै छोराको घाँटी रेटेर हत्या

डौफिन काउन्टीमा बसोबास भूटानी नागरिक डिपोर्ट, अध्यक्ष तिलक निरौलाले पुष्टि गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *