मार्च ११ मा अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आईस) ले भुटानी नागरिक रोशन तामाङलाई पक्राउ गरेको छ।आईसका अनुसार, तामाङलाई विभिन्न गम्भीर आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा दोषी ठहर गरिएको थियो। उनका अपराधहरूमा गम्भीर यौन दुर्व्यवहार (ग्रस सेक्सुअल इम्पोजिसन), पक्राउ गर्ने अधिकारीलाई अवरोध गर्ने, लागूऔषध सम्बन्धी सामग्रीको अवैध स्वामित्व, आपराधिक क्षति, र अवैध रूपमा प्रवेश गर्ने (क्रिमिनल ट्रेसपास) जस्ता अभियोग समावेश छन्। उनीविरुद्ध अन्तिम निष्कासन आदेश (फाइनल अर्डर अफ रिमुभल) जारी भइसकेको थियो।
आईसले जारी गरेको वक्तव्यमा भनिएको छ गैरकानुनी रूपमा अमेरिका बसोबास गरिरहेका र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी प्रक्रियाअन्तर्गत देशनिकाला गरिन्छ। रोशन तामाङलाई पनि यही प्रक्रियाअनुसार अमेरिका बाहिर पठाइनेछ।
यस घटनाले पुनर्वासित भुटानी समुदायमा विभिन्न प्रतिक्रिया उत्पन्न गराएको छ। अधिकारीहरूले गैरकानुनी आप्रवासीहरूलाई सतर्क रहन र कानुनी प्रक्रियालाई सम्मान गर्न आग्रह गरेका छन्। तामाङको प्रत्यर्पण प्रक्रिया चाँडै अघि बढ्ने अनुमान गरिएको छ।
स्रोत-https://www.ice.gov/news/releases/ice-cincinnati-arrests-bhutanese-national-sex-crime-conviction