भुटानी शरणार्थी बस्ती बेलडाँगीमा “माटोले लेखेको कथा” नाटक मञ्चन हुने

दमक, फागुन १५ – भुटानी शरणार्थीहरूको जीवनमा आधारित नाटक “माटोले लेखेको कथा” आगामी फागुन २० गतेदेखि २५ गतेसम्म बेलडाँगी शरणार्थी शिविरमा मञ्चन हुने भएको छ। बेलुकी ५ बजे हुने उक्त नाटक बेलडाँगी नाट्य परिवार र CYCC को प्रस्तुति हो, जसमा कदम थिएटर दमक, चुलाचुली रङ्गमञ्च इलाम, तथा विभिन्न शिविर स्तरीय संस्थाहरूको समन्वय रहेको छ।

नाटक परिकल्पना केवल क्षेत्री “माटोले लेखेको कथा” भुटानबाट विस्थापित शरणार्थीहरूको भोगाइ र पीडालाई नाटकीय रूपान्तरण गरेर प्रस्तुत गरिएको नाटक रहने छ। यो नाटकले शरणार्थी जीवनका संघर्ष, पीडा, स्मृतिहरू, र पहिचानको खोजीलाई दर्शाउने उद्देश्य बोकेको छ।

यस नाटकलाई Global Educational Academy ले Educational Partner को रूपमा साथ दिएको छ भने, लियो क्लब अफ दमक गोल्डको सहयोजनामा मञ्चन गर्न लागिएको हो। बेलडाँगी नाट्य परिवार र CYCC ले कला क्षेत्रको प्रवर्द्धन गर्दै समाजको यथार्थ कथा प्रस्तुत गर्ने उद्देश्यले नाटक आयोजना गरिएको जनाएका छन्।

नाटक हेर्नका लागि स्थानीय बासिन्दा, कलाकार, साहित्यप्रेमी, तथा सम्पूर्ण दर्शकलाई आमन्त्रण गरिएको छ।

भिडियो हेर्नु होला

https://youtu.be/z0XQky-MRPM?si=kieXAip-l75hb1lo

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार