बलात्कार आरोपमा नेपाली विद्यार्थी सुजन तामाङ न्यूयोर्क प्रहरी हिरासतमा

न्यूयोर्क – मिनेसोटाको सेन्ट क्लाउड स्टेट कलेजमा भएको बलात्कार घटनासँग सम्बन्धित १९ वर्षीय नेपाली विद्यार्थी सुजन तामाङ न्यूयोर्क प्रहरीको नियन्त्रणमा परेका छन्। सेन्ट क्लाउड प्रहरी विभागका अनुसार तामाङले न्यूयोर्क सिटी प्रहरी विभागमा आत्मसमर्पण गरेका हुन्। उनलाई न्यूयोर्कमै हिरासतमा राखिएको छ र Stearns County, Minnesota मा सुपुर्दगी गर्ने प्रक्रिया अघि बढाइएको छ।

यसैबीच, सोही घटनामा संलग्न रहेको आरोपमा अर्का नेपाली विद्यार्थी २० वर्षीय दीपक फयाल क्यालिफोर्नियामा पक्राउ परेका छन्। उनलाई क्यालिफोर्नियाको फ्रिमन्ट प्रहरीले Street Crimes Unit को विशेष अपरेसनमार्फत पक्राउ गरेको हो। फयाललाई मिनेसोटा पठाउने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्।

प्रहरीका अनुसार, बलात्कारको घटना गएको नोभेम्बर १ मा मिनेसोटाको First Avenue South, St. Cloud मा भएको थियो। प्रहरी अनुसन्धानपछि तामाङ र फयाल दुवैलाई प्रमुख संदिग्धका रूपमा पहिचान गरिएको थियो। फयाललाई कुनै अतिरिक्त झडप वा प्रतिरोधबिना नै पक्राउ गरिएको बताइएको छ।

हाल तामाङ न्यूयोर्कमा र फयाल क्यालिफोर्नियामा प्रहरी हिरासतमा रहेका छन्। उनीहरूलाई छिट्टै मिनेसोटा ल्याएर कानुनी प्रक्रिया अघि बढाइने St. Cloud प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

More From Author

भुटानी शरणार्थी बस्ती बेलडाँगीमा “माटोले लेखेको कथा” नाटक मञ्चन हुने

अष्ट्रेलियामा शक्तिशाली चक्रवात ‘अल्फ्रेड’ को खतरा, नागरिकहरूलाई सतर्क रहन आग्रह