जवाफ नदिई हिँडे बालेन काठमाडौं महानगरको सूचनाबारे कार्यपालिकामा प्रश्न,

२९ साउनमा महानगरपालिकाले आफ्नो पालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छाड्नुपर्ने भनी तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्ने भनेको थियो । उक्त सूचनामा २४ साउनमा महानगर प्रमुख स्तरीय निर्णय भएको उल्लेख थियो ।‘अहिले जनतामा त्रास देखिएको छ । यो सूचना किन निकालियो भनेर जनप्रतिनिधिले नै अपनत्व लिने अवस्था बनेन किनकि सूचना विनाछलफल सार्वजनिक गरियो,’ उपमेयर डंगोलले बैठकमा भनिन् ।२३ वडाका अध्यक्ष मचाकाजी महर्जनले महानगरपालिकाले निकालेको सूचनाले धेरै स्थानीय प्रभावित हुने भन्दै हतारमा निकालेको भन्दै प्रश्न गरे । बैठकमा ३४ वटा प्रस्ताव सर्वसम्मत पास भएको थियो तर अन्तिम प्रस्ताव विविध थपिएको थियो । विविधमा महानगरले निकालेको सूचनाबारे प्रश्न उठेपछि मेयर बालेन ‘बैठक सकियो धन्यवाद’ भन्दै जवाफ नदिई हिँडे ।

सोरोत:Online khabar

More From Author

ममता काफ्ले प्रकरण: घरभित्र बाथरुम र कार्पेटमा रगत देखिएको फोटो सार्वजनिक

चितवनको माडीमा चट्याङ लागेर महिलाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *