आज सार्वजनिक हुँदैछ आइफोन एट, यी हुनसक्छन् फिचर्स

एप्पलको बहुप्रतिक्षीत आइफोन एट अन्ततः आज सार्वजनिक हुँदैछ । एप्पलले एक भव्य समारोहबीच आइफोन एट सार्वजनिक गर्दैछ । आइफोन एट लञ्च हुनुअघि नै यसका केही दमदार फिचर्सहरुका बारेमा जानकारीहरु लिक भइसकेका छन् । आइफोन एटका सम्भावित फिचर्स यी हुन्:

· अगमेन्टेड रियालिटी: एप्पलले आफ्नो आइओएस ११ मा अगमेन्टेड रियालिटी (ए आर) ल्याउने घोषणा गरेको छ । सोही कारणले एप्पलका डेभलपर्सले आइफोन एटका लागि पनि एप्स बनाउन सक्नेछन् । फोन बजारमा आउने बेलासम्ममा यो फिचर तयार भैसक्ने विश्वास गरिएको छ ।

· डुअल ब्याक क्यामरा: यद्यपि यसबारेमा एप्पलले कुनै आधिकारिक घोषणा गरेको छैन, तथापि आइफोन एटको लिक भएको तस्वीर हेर्दा थाहा हुन्छ कि यसमा डुअल ब्याक क्यामरा रहेको छ । यसअघि आइफोन सेभेनमा पनि यो फिचर थियो ।

· होम पोड: एप्पलले अमेजनको इको तथा गुगलको होमलाई टक्कर दिनका लागि होमपोड ल्याउँदैछ । आइफोन एटले यो स्पिकरलाई पनि सपोर्ट गर्नेछ ।

· वायरलेस चार्जिङ: आइफोन एटको सबैभन्दा आकर्षक फिचर यसमा रहेको वायरलेस चाजिङ प्रविधि नै हो । एप्पलका अधिकारीहरुले यसको पुष्टि गरिसकेका छन् ।

· वाटर रेसिस्टेन्स: वायरलेस चार्जिङका साथै यो फोन पानीबाट पनि सुरक्षित छ । यो फोन वाटर प्रुफ हुनाका कारणले यसको ब्याक साइडमा पनि काँचको प्यानल रहने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार