एप्पलले आइफोन ल्याएको १० वर्ष पुरा भएको छ । दशौ वाषिर्कोत्सवका अवसरमा आज आइफोनको परिस्कृत भर्सन ‘आइफोन एक्स’ र अन्य मोडलहरु सार्वजनिक गर्दैछ ।
आइफोन एक्समा थुप्रै आधुनिक फिचरहरु समावेश गरिएको बताइन्छ । तर, यसको लन्चभन्दा अगावै हरेक महिना कुनै न कुनै अफवाह आइरहेका छन् ।
एप्पले पहिलोचाटि आफ्नो तीन फोन लन्च गर्ने विश्वास लिइएको छ । यसमा आइफोन एक्ससँगै आइफोन ७ र आइफोन ७ प्लसको अपग्रेड भर्सन हुनेछन् । यसलाई आइफोन ८ र आइफोन ८ प्लस नाम दिइएको छ । आइफोन ८ लाई लिएर लामो समयदेखिको प्रतिक्षा आज सकिँदैछ ।
यसका साथै एउटा पि्रमियम मोडल लन्च गरिनेछ, जसको नाम हुनेछ-आइफोन एक्स ।
यो नामले आइफोन लन्चको १० औं वाषिर्कोत्सवलाई संकेत गर्छ । कम्पनीको यो इभेन्ट स्पेससिप क्याम्पसम ाबनेको स्टिभ जब्स अडिटोरियममा हुनेछ ।