आत्मघाती बम बन्न नपरोस्प ञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएपछि दिपेशको चेतावनी

आत्मघाती बम बन्न नपरोस्प ञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएपछि दिपेशको चेतावनी

काठमाडौं : उनले सामाजिक सञ्जालमार्फत् त्यसलाई सहेर नबस्ने चेतावनी दिएका हुन्।  माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति महासचिव दिपेश पुनले विरोध गरेका छन्।

उनले धेरै खेलासी नठान्न चेतावनी दिएका छन्। ‘ए जिस्काएको ? हाम्रो सुप्रिमोलाई सर्बोच्चमा विभिन्न नाममा मुद्दा हालेर बुढाहरुलाई थकाई सकियो, अब नयाँ पुस्तालाई चेक गर्न खोजेको ?,’ महासचिव पुनले लेखेका छन्, ‘अरे हामी मर्न हिँडेर सँगसँगै सहयोद्धाहरुलाई हातैले जमिनमा गाडेर सहयोद्धाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको यार। धेरै खेलासी नठान है, नाफाको जीन्दगी हो। कसैसँग मतलब छैन। आत्मघाती बम बन्न नपरोस् !’

१५ वर्षअघिको हत्या घटनामा जिल्ला अदालत सुर्खेतले नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

प्रहरीका अनुसार किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका सिंहसहित पदमबहादुर रावत (टाइगर), बालकृष्ण सिंह (गुराँस), टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका वीरबहादुर मल्ल (सुभाष) र अलि कार्की (अशोक) विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

प्रहरीले २०७९ साउन १३ गते पक्राउका लागि पुर्जी माग गरेको थियो। २०६५ फागुन २६ गते राजबहादुरको खुकुरी प्रहार गरी हत्या गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त मुद्दाको अनुसन्धान अघि बढेको पुष्टि गरेको छ।

 

More From Author

बचतकर्ताको १३ अर्ब अपचलन १५ वटा सहकारीबाट २८ हजार

धरान फूलैफूलको सहर

Leave a Reply

Your email address will not be published. Required fields are marked *