स्‍नातक पहिलो सेमेष्टरको परीक्षा वैशाखमा, त्रिविको शैक्षिक क्यालेण्डर

स्‍नातक पहिलो सेमेष्टरको परीक्षा वैशाखमा, त्रिविको शैक्षिक क्यालेण्डर

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेन्डर प्रकाशन गरेको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषद्को बुधबारको बैठकले विश्वविद्यालयअन्तर्गत सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणाली अन्तर्गतका स्नातक तह र सेमेष्टर प्रणालीअन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेण्डर २०८० कार्यान्वयन गर्ने निर्णयानुसार क्यालेन्डर प्रकाशित गरेको हो।

क्यालेन्डरअनुसार स्नातक तहको प्रथम वर्षको परीक्षा २०८१ साल भदौ दोस्रो हप्ता हुनेछ। सेमेस्टर प्रणाली अन्तर्गतको स्नातक तहको पहिलो सेमेष्टरको परीक्षा २०८१ वैशाखमा हुनेछ भने स्नातकोत्तर तहको पहिलो सेमेस्टरको परीक्षा २०८१ असारमा हुनेछ।

प्रथम वर्षपछिको भर्ना समय सम्बन्धित क्याम्पसबाट प्रकाशन गरिनेछ। भर्ना र परीक्षाको प्रकृति भिन्न भएका अध्ययन संस्थानअन्तर्गत सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका शैक्षिक क्यालेन्डर सम्बन्धित डिन कार्यालयको वेबसाइटमार्फत पनि हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ।

More From Author

बल्ल खन्न थालियो सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल

आज ६ घण्टा बिजुली नआउने ललितपुरका यी स्थानमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *