अर्को गाडी चढेर गएको आशंका त्रिशूलीमा खसेको गाडीका चालक

अर्को गाडी चढेर गएको आशंका त्रिशूलीमा खसेको गाडीका चालक

 

 

 

त्रिशूली नदीमा खसेको गाडीका चालक अझै फेला परेका छैनन्।

सोमबार बिहान करिब ४ बजे त्रिशूलीमा भारतीय नम्बर प्लेटको गाडी खसेको थियो। बिआर ०९ जीसी १४३० बोलेरो गाडी त्रिशूली नदीभित्र फेला परिसकेको छ। तर उक्त गाडीका चालक भने सम्पर्कविहीन छन्।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तीन नम्बर पुलबाट करिब ८५ मिटर तल त्रिशूली नदीमा गाडी खसेको थियो।

घटनास्थलमा प्रहरी पुग्दा पानीभित्र उज्यालो देखिएको थियो। त्यसपछि सशस्त्र प्रहरी बलको गोताखोर टोली बोलाएर खोजी गरिएको थियो।

गोताखोरले पानीभित्र गाडी फेला पारे पनि चालक भने भेटिएनन्। गोताखोरको टोली घटनास्थलबाट फर्किसकेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

प्रहरीले भने उक्त गाडीका चालकको खोजी गरिरहेको छ। नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको अर्को गाडीका चालकले त्रिशूली किनारमा धुलो उडिरहेको र ठूलो आवाज सुनेको बताएका थिए।

कुनै दुर्घटना भएको हुनसक्ने आशंकामा ती गाडीका चालकले नजिकै रहेका प्रहरीलाई खबर गरेको मुग्लिन ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक टंक शिवाकोटीले बताए।

‘बिहान यही बाटो हुँदै आएका गाडीका चालकहरूले धुलो उडेको देखेको र आवाज सुनेका रहेछन्। त्यसपछि उनीहरूले प्रहरीलाई जानकारी गराएको हो,’ उनले भने, ‘हामी पुग्दा पनि पानीभित्र उज्यालो (बत्ती बलिरहेको) देखेपछि गाडी खसेको भन्ने बुझियो।’

उनकाअनुसार बोलेरो गाडी काठमाडौंमा सामान पुर्‍याएर नारायणगढतर्फ गइरहेको खुलेको छ। त्यहाँ नपुग्दै दुर्घटना भएको हुनुपर्ने प्रहरीको भनाइ छ।

‘केही चालकले दुर्घटनामा परेका गाडीका चालक अरू गाडीमा लिफ्ट लिएर नारायणगढतिर गएको भनेका छन्,’ शिवाकोटीले भने, ‘त्यो मानिस पानीले भिजेको अवस्थामा थियो भनेका छन्। चालक भारतीय भारतीय नागरिक भन्ने कुरा आएको छ।’

जिल्ला प्रहरी कार्यालय चितवन र ट्राफिक प्रहरीले ती चालकको खोजी गरिरहेको छ। गाडी भने त्रिशूली नदीभित्रै छ।

More From Author

महसुल नतिरेपछि महानगरपालिकाले खानेपानी धाराको लाइन काट्ने तयारी

३ जना पक्राउ, अवैध लागूऔषधसहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *