कुहिरो, तीन प्रदेशमा बदली तराईमा हुस्सु

कुहिरो, तीन प्रदेशमा बदली तराईमा हुस्सु

काठमाडौं : तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ। देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, हवाइ तथा सडक यातायातमा प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ। चिसोबाट समेत बच्ने उपाय तथा सतर्कता अपनाउनसमेत उसले आग्रह गरेको छ।

 

More From Author

पृथ्वीनारायण शाहको सम्झना गरिँदै आज राष्ट्रिय एकता दिवस

बिगो भराउन आदेश सहकारीमा घोटाला गर्ने १९ जनालाई पाँच वर्षसम्मको जेल, २४ करोडसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *