इन्टरकन्टिनेन्टल होटल्स ग्रुपको एकेडेमी अब नेपालमा, गेट कलेजसँग सहकार्य

काठमाडाैं । विश्वकै अग्रणी होटल कम्पनीहरूको समूह इन्टरकन्टिनेन्टल होटल्स् ग्रुप (आईएचजी)ले नेपालमा आफ्नो आधिकारिक शैक्षिक प्रतिष्ठानका रूपमा ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट)लाई चयन गरेको छ ।

नेपालमा होटल सोल्टी क्राउन प्लाजा, इन्टरकन्टिनेन्टल होटल्स् ग्रुपको आधिकारिक ध्वजाबाहक होटल रहँदै आएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच इन्टरकन्टिनेन्टल होटल्स ग्रुप र गेट कलेजबीच सहकार्य समझदारी पत्रमा हस्ताक्षर भएको हो । आईएचजी दक्षिण पूर्वी एसियाका प्रमुख सान्ता डी सिल्भाको विशेष उपस्थितिमा सम्पन्न समझदारी पत्रमा इन्टरकन्टिनेन्टल होटल्स ग्रुपका तर्फबाट होटल सोल्टीका महाप्रबन्धक उपाल मजुमदार र गेट कलेजका संस्थापक-प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले हस्ताक्षर गर्नुभयो ।

समझदारीपत्र अनुसार अब गेट कलेज नेपालका लागि आधिकारिक आईएचजी एकेडेमीका रूपमा रहने छ ।

विश्वकै अग्रणी होटल कम्पनीहरूमध्येको इन्टरकन्टिनेन्टल होटल्स् ग्रुप (आईएचजी)का विश्वभर करिब एक सय देशमा रहेका ५ हजार २२१ होटलमा रहेका करिब ७ लाख ७७ हजार ६७५ कोठाहरूबाट अतिथिहरूलाई स्नेहपूर्वक सेवाप्रदान गरिँदै आएको छ । संयुक्त अधिराज्य बेलायतको डेनह्याममा आईएचजीको मुख्यालय रहेको छ भने यसअन्तर्गत ३ लाख ५० हजार कर्मचारीहरू कार्यरत छन् ।

More From Author

बसको टिकट बुक गर्दा ठगिनुहोला है ! कहाँ पुग्न कति लाग्छ भाडा ? (सूचीसहित)

१० जहाज थपिए, दसैंमा टिकटको अभाव उस्तै !

Leave a Reply

Your email address will not be published. Required fields are marked *