ह्यारिसबर्ग, पेन्सिलभेनिया — अमेरिकामा बसोबास गर्ने नेपाली तथा भुटानी समुदायबीच धार्मिक उत्साह थप्दै श्री भविष्य पुराण महोत्सव शुक्रबारदेखि सुरु भएको छ ।

ओएचआरसीको आयोजनामा श्रीलक्ष्मीनारायण हरिहर धाममा सञ्चालन भइरहेको महोत्सवमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको विशेष उपस्थितिले भक्तजनमा थप उत्साह देखिएको छ ।

महोत्सवको सुरुवात भव्य कलश यात्राबाट गरिएको थियो । यात्रामा सहभागी भक्तजनहरूले भजन–कीर्तनसहित धार्मिक वातावरण निर्माण गरेका थिए ।

आयोजकका अनुसार कथा वाचन कार्यक्रम शनिबारदेखि सुरु भई एक सातासम्म निरन्तर सञ्चालन हुनेछ । कार्यक्रममा बिभिन्न समुदायबाट अाउनु भएको व्यक्ति तथा धार्मिक व्यक्तित्वहरूले धर्म, संस्कृति र सामाजिक एकताको महत्वबारे चर्चा गरेका थिए ।

उनीहरूले यस्ता कार्यक्रमले विदेशमा रहेका नेपालीभाषी समुदायलाई आफ्नो धर्म र संस्कृतिसँग जोडेर राख्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।






For More Pictures Click this link https://m.facebook.com/story.php?story_fbid=pfbid02sj21tuoJcdv23zCrpk4pz6KPu3dqRms61DknNveiA4jJiCFD8rXGshSkG2P3f13kl&id=100060474295652



