ह्यारिसबर्गमा युवा लक्षित उद्घोषण तथा नेतृत्व कार्यशाला आयोजना हुँदै

ह्यारिसबर्ग-वाई फोर सी (युथ फर कल्चर, चेन्ज एन्ड कम्युनिटी) ले ह्यारिसबर्ग, पेन्सिल्भेनियामा नेपाली–भूटानी समुदायका युवाहरूलाई लक्षित गर्दै “द आर्ट अफ होस्टिङ” शीर्षकमा एकदिने निःशुल्क अन्तरक्रियात्मक कार्यशाला आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी जुन १४, २०२६ आइतबार बिहान ११ बजे ह्यारिसबर्गस्थित ६७०० डेरी स्ट्रिट, ह्यारिसबर्ग, पेन्सिल्भेनिया १७१११ मा सञ्चालन हुनेछ।

यस कार्यशालाको मुख्य उद्देश्य युवाहरूमा सार्वजनिक प्रस्तुति कला, कार्यक्रम सञ्चालन क्षमता, स्टेज आत्मविश्वास तथा नेतृत्व विकास गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरूले उद्घोषण तथा एंकरिङका आधारभूत सीप, सार्वजनिक बोल्ने कला, दर्शकसँग प्रभावकारी संवाद गर्ने तरिका, स्टेज शिष्टाचार, प्रस्तुति शैली तथा सामुदायिक नेतृत्वसम्बन्धी व्यावहारिक प्रशिक्षण प्राप्त गर्नेछन्।

कार्यक्रमका प्रमुख प्रशिक्षक प्रजीत राना हुन्। उनी नेपाली–भूटानी डायस्पोराभित्र एक अनुभवी होस्ट, सञ्चारकर्मी तथा सांस्कृतिक अभियन्ताका रूपमा परिचित छन्। उनी पूर्व भुटानीज कम्युनिटी अफ ग्रेटर रोचेस्टर का प्रमुख कार्यकारी निर्देशक समेत रहिसकेका छन्।

रानाले अमेरिकाभर चर्चित सांस्कृतिक कार्यक्रम “मेरो डान्स कप यूएसए,” “मेरो भ्वाइस कप यूएसए,” तथा “हिमालयन फेस्टिभल यूएसए” जस्ता कार्यक्रमहरूको सफल सञ्चालन गरिसकेका छन्। साथै उनले विभिन्न संगीत भिडियोहरूको निर्देशन गर्दै सिर्जनात्मक क्षेत्रमा समेत योगदान पुर्‍याएका छन्।

आयोजक संस्थाका अनुसार रानाको अनुभव र नेतृत्वले युवाहरूलाई व्यावसायिक होस्टिङ, प्रभावकारी सञ्चारकला तथा स्टेज प्रस्तुतीकरणबारे प्रत्यक्ष सिकाइ प्रदान गर्ने विश्वास लिइएको छ।

क्रियमाण फाउन्डेशन अन्तर्गत सञ्चालन भइरहेको Y4C युवा–केन्द्रित पहल हो। यस संस्थाले युवाहरूलाई नेतृत्व विकास, सामुदायिक सहभागिता, सांस्कृतिक पहिचान, स्वयंसेवा तथा व्यक्तिगत विकासका अवसरहरू उपलब्ध गराउँदै आएको छ। संस्थाको उद्देश्य युवाहरूलाई सकारात्मक सामाजिक परिवर्तनका लागि प्रेरित गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्नु रहेको बताइएको छ।

कार्यक्रममा सहभागिता पूर्ण रूपमा निःशुल्क रहनेछ। सीमित सिट उपलब्ध भएकाले इच्छुक युवाहरूलाई समयमै दर्ता गर्न आयोजकले अनुरोध गरेको छ। साथै, अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई यस्ता नेतृत्वमूलक तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रममा सहभागी गराउन प्रोत्साहन गरिएको छ।

More From Author

पेन्सिलभेनियामा भविष्य पुराण महोत्सवको रौनक

Bhutan Businessman Given Nine-Year Prison Sentence After Viral Video

Leave a Reply

Your email address will not be published. Required fields are marked *