पेन्सिलभेनियाको मेकानिक्सबर्ग स्थित हिङमाङ तेक्वान्दो एकेडेमीको शानदार सफलता

६३ पदकसहित नेपाली खेलाडीहरूको उत्कृष्ट प्रदर्शन

बाल्टिमोर, मेरील्याण्ड — “ चौथो एभरेस्ट ओपन तेक्वान्दो च्याम्पियनसिप २०२६” मा पेन्सिलभेनियाको मेकानिक्सबर्गस्थित हिङमाङ तेक्वान्दो एकेडेमी ले उत्कृष्ट प्रदर्शन गर्दै कुल ६३ पदक जित्न सफल भएको छ। प्रतियोगितामा सहभागी ३२ जना खेलाडीहरूले शानदार खेल प्रदर्शन गर्दै २३ स्वर्ण, १९ रजत तथा २१ कांस्य पदक हात पारेका हुन्।

मे १६, २०२६ मा आयोजित उक्त प्रतिष्ठित प्रतियोगिता एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एमडीका प्रतियोगिता संयोजक मास्टर कुमार कार्कीकाको नेतृत्वमा भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा अमेरिका भरिका विभिन्न राज्यबाट आएका तेक्वान्दो खेलाडी तथा क्लबहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

हिङमाङ तेक्वान्दो एकेडेमीका मास्टर डेक दर्जीको प्रशिक्षण तथा मार्गदर्शनमा खेलाडीहरूले स्पारिङ, पूम्से लगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका थिए। खेलाडीहरूको आत्मविश्वास, अनुशासन र मेहनतले प्रतियोगितामा विशेष छाप छोड्न सफल भएको दर्शकहरूले बताएका छन्।

प्रतियोगितापछि एकेडेमी परिवारले खेलाडीहरूको सफलताप्रति खुसी व्यक्त गर्दै प्रशिक्षक, अभिभावक तथा सहयोगीहरूप्रति आभार प्रकट गरेको छ। साथै आगामी दिनमा अझ ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समेत उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।

यस उपलब्धिले अमेरिकामा रहेका नेपाली समुदायका युवा खेलाडीहरूलाई थप प्रेरणा मिलेको छ भने नेपाली खेल प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ।

More From Author

नेपालीहरू द्वारा सञ्चालित केही इन्सुरेन्स एजेन्सीहरू प्रति समुदायको विश्वास कमजोर हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *