पेन्सिल्भेनियामा भुटानी शरणार्थी समुदायका दुई सदस्य पक्राउ, निष्कासनको डर बढ्दो

पेन्सिल्भेनिया — अमेरिकामा बसोबास गर्दै आएका भुटानी शरणार्थी समुदायका दुई जना सदस्यलाई अध्यागमन अधिकारीहरूले पक्राउ गरेपछि उनीहरूको निष्कासनको सम्भावना बढेको भन्दै समुदायमा चिन्ता बढेको छ।

भुटानी कम्युनिटी अफ सेन्ट्रल पेन्सिल्भेनियाका अध्यक्ष योगराज कोइराला का अनुसार गत शनिबार ती दुवै जनालाई उनीहरूकै घरबाट पक्राउ गरिएको हो। उनीहरू स्थायी बासिन्दा (ग्रीन कार्डधारी) हुन् र अमेरिकी नागरिकता प्राप्त गर्ने प्रक्रियामा थिए।

“उनीहरू कानुनी रूपमा यहाँ बसिरहेका थिए, तर अचानक पक्राउ परेपछि अब निष्कासनको जोखिममा छन्,” उनले बताए।

समुदायका प्रतिनिधि रोविन गुरुङ का अनुसार यस्ता घटनाहरू बढ्दै गएका छन्। पेन्सिल्भेनियाबाट मात्रै करिब २० जना भुटानी शरणार्थीहरूलाई पक्राउ गरी निष्कासन गरिसकिएको उनले बताए, जसमा धेरैजसो डफिन काउन्टी आसपासका छन्।

उनका अनुसार केही निष्कासित व्यक्ति पुनः नेपालका शरणार्थी शिविर पुगेका छन् भने कतिपय दक्षिण एशियामा बेखबर अवस्थामा छन्। “दुःखद रूपमा, एक जनाले आत्महत्या गरेको खबर पनि आएको छ,” उनले भने।

समुदायका प्रतिनिधि हरूका अनुसार डोनाल्ड ट्रम्प को कार्यकालदेखि भुटानी शरणार्थीहरूलाई पुनः भुटान पठाउने नीति कडाइ गरिएको छ। तर भुटानले स्वीकार नगरी भारततर्फ पठाउने गरेको र त्यसपछि उनीहरू कागजातविहीन बन्ने समस्या देखिएको छ।

इतिहासअनुसार १९८०–९० को दशकमा भुटानबाट एक लाखभन्दा बढी नेपालीभाषी विस्थापित भएका थिए, जसलाई पछि George W. Bush प्रशासनको पहलमा २००८–२०१७ बीच विभिन्न देशहरूले पुनर्वास गरेका थिए।

हाल करिब ८५ हजारमध्ये झण्डै ४० हजार भुटानी शरणार्थी सेन्ट्रल पेन्सिल्भेनियामा बसोबास गर्दै आएका छन्। दुवै व्यक्तिहरूले यसअघि अपराधका लागि सजाय भोगिसकेको र संयुक्त राज्य अमेरिकाको कानुनी प्रणालीअन्तर्गत आफ्नो दण्ड पूरा गरिसकेको बताएका छन्।

“अब, सजाय पूरा भएको केही महिना वा वर्षपछि, यी व्यक्तिहरूलाई फेरि उही अपराधका लागि अझ कडा रूपमा दण्डित गरिएको छ, र अहिले उनीहरूले देशनिकालाको सम्भावना सामना गर्नुपरेको छ,

समुदायका प्रतिनिधि हरूले निष्कासन प्रक्रिया कानुनी रूपमा ठीक छ वा छैन भन्नेबारे अमेरिकी कंग्रेससँग छानबिनको माग गरेका छन्। साथै एसियन ल ककस सँग मिलेर FOIA अन्तर्गत मुद्दा दायर गरिएको छ।

यसैबीच, डफिन काउन्टीका कमिश्नर जस्टिन डग्लस, राज्य सिनेटर प्याटी किम र प्रतिनिधि डेभ म्याडसन ले समुदायप्रति समर्थन जनाउँदै संघीय तहमा पहल भइरहेको बताएका छन्।

हाल पक्राउ परेका दुवै जनालाई कानुनी सहायता उपलब्ध गराउने प्रयास भइरहेको छ। उनीहरूलाई पहिले सामान्य अपराध (मिस्डिमिनर) मा सजाय भोगिसकेपछि पुनः निष्कासन गर्न लागिएको भन्दै समुदायले आपत्ति जनाएको छ।

More From Author

Governor Kathy Hochul Sends New Year Greetings to Bhutanese Community in Syracuse

भुटानी अमेरिकन प्रिमियर कप २०२६: एकता र पहिचानको ऐतिहासिक खेल महोत्सव एक्रोनमा हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *