
अमेरिका,डिल्ली राम दाहाल अमेरिकाको सेनामा उच्च पदमा पुग्ने पहिलो नेपाली भाषी भुटानी हुनुहुन्छ । दाहालको जन्म भूटानको चिराङ जिल्लाको चनौटे ब्लक अन्तर्गत पर्ने हर्राभोटे गाउँमा बुबा तिल बहादुर दाहाल र आमा तुलसी माया दाहालको कोखबाट भयो । उहाँका धन दाहाल, गोमा दाहाल, भीम दाहाल, भूपाल दाहाल, र सङ्गीता दाहाल गरि पाँच दाजुभाइ–बहिनीहरू छन् ।
भूटानमा जन्मिए पनि उहाँ नेपालस्थित गोलधाप शरणार्थी शिविरमा हुर्किनु भयो । पछि अमेरिका पुनःस्थापना कार्यक्रम अन्तर्गत २४ नोभेम्बर २००८ मा अमेरिका आउनुभयो ।एमएसजि दाहालले अमेरिकी सेनामा सेवा सुरू गर्नु अघि ओम्नी होटलमा हाउसकिपर र एक मोबाइल कम्पनीमा इनबाउन्ड निरीक्षकको रूपमा काम गर्नुभयो ।उहाँको विवाह भने नारायण पोखरेल र विष्णु माया पोखरेलकी छोरी अम्बिका पोखरेलसँग भयो । पोखरेलको जन्म भने भुटानमै भएको थियो । एमएसजि दाहाल र अम्बिका पोखरेल दाहालका आराध्या दाहाल र अदिरा दाहाल गरि दुई छोरीहरू छन् ।

अमेरिका आएपछि एमएसजि दाहाल १४ फेब्रुअरी २०११ मा अमेरिकी सेनामा प्रवेश गर्नुभयो । उहाँले आफ्नो आधारभूत तालिम फोर्ट ज्याक्सन, साउथ क्यारोलिनामा पूरा गर्नुभयो । तालिम पश्चात, उहाँलाई ९२ वाई युनिट सप्लाई स्पेसालिस्ट पद दिइयो र फोर्ट ग्रेग एडम्स, भर्जिनियामा खटाइयो । उहाँको सैनिक सेवा प्राइभेटबाट सुरु भएको थियो र अक्टोबर २०११ मा प्राइभेट फर्स्ट क्लासमा पदोन्नति हुनु भयो। त्यसपछि फेब्रुअरी २०१३ मा स्पेसलिस्ट फेब्रुअरी २०१४ मा सार्जेन्ट र अप्रिल २०१७ मा स्टाफ सार्जेन्ट पदमा पदोन्नति हुदै सेप्टेम्बर २०२१ मा सार्जेन्ट फर्स्ट क्लास।

एमएसजि दाहालले १४ वर्षभन्दा बढी अमेरिकी सेनामा सेवा गर्नुभएको छ ।उहाँ यसलाई आफ्नो स्थायी करियर बनाउन चाहनुहुन्छउहाँले एचएचसी डिएचएचबि एस–४ सप्लाई क्लर्क, एसआईजी कम्पनी डिएचएचबि थर्ड ईन्फान्टी डिभिजन सप्लाई सार्जेन्ट, बि कम्पनी ३०८ औँ एम आई बिएन सप्लाई सार्जेन्ट पदको जिम्मेवारी पुरा गर्नुभयो । त्यस्तै उहाँले एचएससि, ५९३ डि ईएससिको युनिट सिनियर सप्लाई सार्जेन्ट, फोर्ट वर्थ, टेक्सासस्थित रिक्रुटिङ कम्पनीमा चार वर्षको विस्तारित असाइनमेन्टको जिम्मेवारी कुशलता पुर्वक पुरा गरिसक्नुभएको छ ।हाल उहाँ क्याम्प हम्फ्रिज, दक्षिण कोरियामा रहेको ५२४ औं मिलिटरी इंटेलिजेन्स ब्याटालियनको एस–४ एनसिओआईसि रूपमा कार्यरत हुनुहुन्छ ।
एमएसजि दाहालले साउथ कोरियामा अमेरिकी तथा कोरियाली सेनाबीचको संयुक्त गुप्तचर अभ्यासमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । उहाँले २०१९ पछि पहिलो पटक ब्याटालियनको ट्याक्टिकल कमाण्ड पोस्ट तैनाथ गर्ने कार्य सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।एमएसजि दाहाल सप्लाई सञ्चालन, शारीरिक फिटनेस, तथा नेतृत्वको उत्कृष्ट नमूना हुनुहुन्छ । उहाँको मार्गदर्शनमा कमाण्ड सप्लाई डिसिप्लिन प्रोग्राममा उत्कृष्ट परिणामहरू हासिल गरिएको छ । उहाँले ९ जना कनिष्ठ सैनिकहरूलाई प्रशिक्षण दिनुभयो, जसबाट ९० प्रतिशत सफलता दर प्राप्त भयो । उहाँले ब्याटालियन फिटनेस च्यालेन्जमा प्रथम स्थान हासिल गर्नुभयो । युएसएफके ब्याकबोन युनिभर्सिटीमा उत्कृष्ट प्रदर्शन गर्दै १०० भन्दा बढी एसएफसिएस मध्ये दाहाल छनोट हुनुभयो ।
उहाँले ९० जना अमेरिकी र दक्षिण कोरियाली सैनिकहरूसँग प्रतिस्पर्धा गर्दै मरीन फिटनेस च्यालेन्जमा प्रथम स्थान हासिल गर्नुभयो । एमएसजि दाहालले मुख्य जिम्मेवारी बाहेक अन्य टिएमडिई एनसिओ, पर्यावरणीय नियमअनुरूप अधिकारी, ब्याटालियन मास्टर ड्राइभर, ब्यारेक व्यवस्थापक एनसिओआईसि, जिटिसिसि म्यानेजर, डिटिएस म्यानेजर, र जिपिसि बिलिङ अफिसर गरि सात अतिरिक्त जिम्मेवारी समेत सम्हालि रहनुभएको छ । त्यस्तै उहाँ ब्याटालियन इक्वल अपरच्युनिटी लिडर समेत हुनुहुन्छ, जसले विविधता र सम्मानको संस्कृतिलाई प्रवद्र्धन गर्न योगदान पुर्याएको छ ।
एमएसजि दाहाल ५९३ औं एक्सपेन्डीसनरी सस्टेनमेन्ट कमाण्ड (ईएससि), जोवईन्ट बेस लेविस , वाशिङ्टनमा युनिट सप्लाई सार्जेन्टको रूपमा कार्यरत हुँदा उल्लेखनीय उपलब्धिहरू हासिल गर्नुभयो।त्यस्तै ३५ जना ह्यान्ड रिसिप्ट होल्डर्सलाई नियन्त्रणमा राख्दै सम्पूर्ण प्रशासनिक तथा लगिस्टिक्स प्रक्रिया सफलतापूर्वक सञ्चालन गर्नुभयो, २० जना सैनिकहरूको मनोबल, स्वास्थ्य र व्यावसायिक विकासमा ठोस योगदान दिनुभयो र ३ महिना लगातार कम्पनी भित्र उत्कृष्ट स्क्वाडको पुरस्कृत त्यस्ती मात्रै होईन आफ्नो कामप्रति कटिवद्ध भएर लाग्ने एमएसजि दाहाल २०१२ मा अफगानिस्तानमा अपरेसन ईन्डुरिङ फ्रिडम (ओईएफ) अन्तर्गत तैनाथ हुनुहुन्थ्यो । त्यहाँ उहाँले प्राईभेट फस्ट क्लास (पिएफसि) पदमा रहँदा नै कम्पनी सप्लाई सार्जेन्टको जिम्मेवारी सम्हाल्नुभयो ।उहाँले सोल्जर अफ द मन्थ र सोल्जर अफ द क्वाटर को उपाधि जित्नुभयो । त्यति मात्रै होईन दाहालले २ वटा आर्मि अचिभमेन्ट मेडल प्राप्त गर्नुभयो ।
कसैको जिवन यति सार्थक र सफल हुन्छ की लाग्छ उनीहरु सफलता हात पार्न कै लागि जन्मिएका हुन्छ् । त्यस्तै हुनुहुन्छ एमएसजि दाहाल । उहाँले आफ्नो सैनिक जिवनमा मेरिटोरियस सर्भिस मेडल, आर्मी कमेन्डेसन मेडल (४ ओएलसि), आर्मी एचिभमेन्ट मेडल (९ ओएलसि), मेरिटोरियस युनिट कमेन्डेसन मेडल, भोलुन्टर सर्भिस मेडल, युएस आर्मी रिक्युटिङ मेडल, ग्लोबल वार अन टेरोरिज्म एक्सपिडिसनरी मेडल, अफगानिस्तान क्याम्पियन मेडल ( २ स्टार), एनएटिओ मेडल, आम्ड फोर्सेस सर्भिस मेडल, एक्सपट माक्समेनसिप व्याज, युएस आर्मी रिक्युटिङ व्याज र ग्लेन ई. मोर्रेल अवार्ड फर रिक्युटिङ एक्सीलेन्स लगायत थुप्रै प्रतिष्ठित सैन्य पुरस्कार तथा मेडलहरू प्राप्त गर्नुभएको छ ।
व्यक्तिगत तथा व्यावसायिक विकासमा समर्पित एमएसजि दाहालले सैन्य मात्रै नभई शैक्षिक उपलब्धि पनि उक्ति कै मात्रामा गर्नुभएको छ । उहाँले मेची बहुमुखी क्याम्पस, झापा, नेपालबाट भौतिकशास्त्रमा उच्च माध्यमिक शिक्षा, कोलम्बिया कलेज, मिसौरीबाट सामान्य अध्ययनमा एसोसिएट डिग्री, अमेरिकन मिलिटरी युनिभर्सिटी, वेस्ट भर्जिनियाबाट आपूर्ति श्रृंखला व्यवस्थापनमा स्नातक डिग्री पुरा गर्नुभएको छ ।साथै उहाँ हाल अमेरिकन पब्लिक युनिभर्सिटी (एएमयु) मा आपूर्ति श्रृंखला व्यवस्थापनमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ भने उहाँले यसअघि नै आईएसएसए बाट व्यक्तिगत प्रशिक्षक र पोषणविद् ( सर्टिफाईड पर्सनल ट्रेनर र न्युट्रिसनिष्ट ) प्रमाणपत्र हाँसिल गरि सक्नुभएको छ ।
उहाँले एडभान्सड ईन्डिभिजुअल ट्रनिङ (एआईटी), ब्यासिक लिडर कोर्स ( बिएलसी ), एडभान्सड लिडर कोर्स (एएलसि) सिनियर लिडर कोर्स (एसएलसि), मास्टर लिडर कोर्स (एमएलसि), मास्टर रिलायन्स टे«निङ (एमआरटी), आर्मी रिक्युटिङ कोर्स र कमब्याट लाईफ सेभर कोर्स ( सिएलसि ) एमएसजि लगायत विभिन्न उच्चस्तरीय सैन्य तालिमहरू पूरा गर्नुभएको छ ।दाहाल १४ वर्षभन्दा लामो सैन्य सेवामा अनुकरणीय नेतृत्व, उत्कृष्ट व्यवस्थापन र अनुशासनको उदाहरणको रुपमा प्रस्तुत गर्नुभएको छ । कर्तव्यष्ठि र आफ्नो कार्यप्रति कर्मठ एमएसजि दाहाल आफ्नो कर्मले सबैको लागि एउटा प्रेरणाको स्रोत हुनुहुन्छ ।उहाँको सैनिक अब अप्रिल २०२५ मा मास्टर सार्जेन्ट पदमा पदोन्नति हुन गइरहेको छ।