ग्रेटर सिन्सिनाटी कप-२०२५ आयोजना हुने

संयुक्त राज्य अमेरिकाको ओहायोमा ग्रेटर सिन्सिनिटी कप-२०२५ आयोजना हुने भएको छ । सेभेन स्पाइसेसको आयोजानामा ग्रेटर सिन्सिनिटी कप आगामी जुन २०, २१ र २२ तारिक हुन लागेको हो ।

डिसिप्लिन, डेपलभ्मेन्ट र डाइनामिसमको नारा दिइएको उक्त प्रतियोगिता सिजनकै ठूलो रहेको आयोजकले दावी गरेको छ । प्रतियोगितामा अन्डर १६, वयस्क, भेट्रान र सिनियर भेट्रान गरि विभिन्न चार समुहमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा U-१६ तर्फ विजेताले अमिरिकी डलर ५ हजार प्राप्त गर्ने छन् भने उपविजेताले अमेरिकी डलर ३ हजार प्राप्त गर्ने छन् । 

वयस्क तर्फ विजेताले अमिरिकी डलर १० हजार प्राप्त गर्ने छन् भने उपविजेताले अमेरिकी डलर ६ हजार प्राप्त गर्ने छन् ।  भेट्रान तर्फ विजेताले अमिरिकी डलर ७.५(साढे सात) हजार प्राप्त गर्ने छन् भने उपविजेताले अमेरिकी डलर ५ हजार प्राप्त गर्ने छन् । यसै गरि सिनियर भेट्रान तर्फ पनि विजेताले अमिरिकी डलर ७.५(साढे सात) हजार प्राप्त गर्ने छन् भने उपविजेताले अमेरिकी डलर ५ हजार प्राप्त गर्ने आयोजक सेभेन स्पाइसेसका अध्यक्ष राजन चाैहानले जानकारी दिनुभएको छ ।

आयोजक सेभेन स्पाइसेसले यश अघि पनि

शरणार्थी शिविरमा सामुहिक सहभोज , वृद्ध आमा बुवाहरुलाई नगद सहयोग र फुटबल खेलाडीहरुलाई खेलकुद सामाग्री बितरण जस्ता विभिन्न कार्यक्रम गर्दै आएको छ । सेभेन स्पाइसेस पूर्व नेपालमा रहेका सात वटा शिविरहरुबाट पुनर्वास कार्यक्रम अन्तर्गत हाल अमेरिकामा पुनर्वास भएका युवाहरुले सामाजिक काम गर्ने उदेश्यले सन २०२४ मा स्थापना गरिएको सँस्था हो । संस्थाले स्थापनाकाल देखिनै बालबालिका , युवाहरु र वृद्ध आमा बुवाहरुलाई सेवा दिदै आएका छन ।

More From Author

स्पेसएक्स ड्रागन सफलतापूर्वक पृथ्वीमा फर्कियो, भारतीय मूलकी अन्तरिक्ष यात्री सुनिता ९ महिनापछि सकुशल अवतरण

ग्रेटर सिन्सिनाटी कप-२०२५ आयोजना हुने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *