भूटानी समुदाय ह्यारिसबर्गका अध्यक्ष तिलक निरौला “भूटानी अमेरिकीहरूका लागि देशनिकाला (deportation) कुनै विकल्प होइन।”

ह्यारिसबर्ग, पेनसिल्भेनिया — ह्यारिसबर्गको भूटानी नेपाली समुदायले डउफिन काउन्टीका अधिकारीहरूसँगै राज्य क्यापिटलमा भेला भएर गत हप्ता आईसीई (इमिग्रेशन एण्ड कस्टम्स इनफोर्समेन्ट) एजेन्टहरूले गरेका गिरफ्तारीहरूबारे जवाफ माग गरेका छन्।

काउन्टी अधिकारीहरूका अनुसार, आईसीई एजेन्टहरूले गत हप्ता पाँच जना व्यक्तिहरूलाई पक्राउ गरे, (ग्रीन कार्ड) लिएका र कानूनी रूपमा अमेरिकामा बसोबास गरिरहेका थिए।उनी पहिल्यै काम गरिरहेका थिए, सामान्य जीवन जिउँदै थिए,” पक्राउ परेका मध्ये एक अशोक गुरुङकी दिदी, देवी गुरुङले भनिन्। “एक्कासि यसरी समातिएपछि हामी छक्क पर्‍यौं, हामी उहाँलाई फिर्ता चाहन्छौं।”

गुरुङका अनुसार, उनका भाइ अशोकलाई गत आइतबार उनको घरबाट पक्राउ गरेर ह्यारिसबर्गबाट दुई घण्टा टाढाको अज्ञात हिरासत केन्द्रमा लगिएको थियो। उनले २०१३ मा झगडासम्बन्धी मुद्दामा जेल सजाय भोगेका थिए, तर हाल कुनै आरोपविना पक्राउ गरिएको उनको भनाइ छ।

हामी अझै डराइरहेका छौं कि उहाँलाई के हुन सक्छ, के आरोप लागेका छन् र कहाँ लगिँदैछ,” गुरुङले भनिन्।

डउफिन काउन्टीका अधिकारीहरूका अनुसार पक्राउ परेका पाँच जनाविरुद्ध हाल कुनै गम्भीर आपराधिक अभियोग दर्ता भएको छैन। काउन्टी कमिश्नर जस्टिन डग्लसले यी गिरफ्तारीहरू अनपेक्षित भएको बताउँदै, कानूनी प्रक्रिया अनुरूप यी व्यक्तिहरूलाई अधिकार प्रदान गर्नुपर्नेमा जोड दिए।

“हामी आप्रवासीहरूका लागि छुट्टै कानुन लागू गर्न सक्दैनौं। देशमा जन्मिएका नागरिकहरू जसरी कानुनी प्रक्रिया प्राप्त गर्छन्, उनीहरूलाई पनि त्यही प्रक्रिया दिइनुपर्छ,” डग्लसले भने।

अधिकारकर्मीहरूले भूटानी नेपाली समुदायका शरणार्थीहरू पेनसिल्भेनियालाई आफ्नो घर बनाइसकेका कारण उनीहरूका लागि देशनिकाला कुनै विकल्प नभएको बताएका छन्।

भूटानी समुदाय ह्यारिसबर्गका अध्यक्ष तिलक निरौलाले भने भूटानी नेपालीहरू शरणार्थी पुनर्स्थापना कार्यक्रम अन्तर्गत कानूनी प्रक्रियाबाट अमेरिका आएका हौं। हामी यहाँ पहिलो पटक आउँदा स्थायी बसोबास अनुमति पत्र (Permanent Residence Card) प्राप्त गरेका थियौं, जसलाई हरियो कार्ड (Green Card) पनि भनिन्छ। धेरै भूटानी अमेरिकीहरू अहिले अमेरिकी नागरिक भइसकेका छन्, तर अझै पनि केही व्यक्ति नागरिकता लिन प्रतीक्षारत छन्।

हालै डउफिन काउन्टीमा भएको घटनामा पाँच जना व्यक्तिहरू, जसका परिवार, सन्तान, आमा-बुवा र श्रीमतीहरू छन्, बिना कारण पक्राउ परेका छन्। उनीहरू स्थायी बासिन्दा हुन्, जो पहिले भूटानबाट जबरजस्ती निष्कासन गरिएका थिए। हामीसँग अब कुनै देश छैन, त्यसैले भूटानी अमेरिकीहरूका लागि देशनिकाला (deportation) कुनै विकल्प होइन।

यदि कोही कुनै आपराधिक अभियोगमा दोषी छन् भने, हामीसँग न्याय प्रणाली छ। अदालत छ, जहाँ कानूनी प्रक्रिया अनुसरण गर्नुपर्छ। यहाँ जेल र कारागार व्यवस्था पनि छ, जहाँ कानूनी नियमअनुसार सजाय दिइनुपर्छ। हामी कानुन पालन गर्ने नागरिक हौं, र हामीले देशको नियम र कानुन पालना गर्न चाहन्छौं।

कांग्रेस सदस्य स्कट पेरीले पाँच गिरफ्तारीबारे निम्न वक्तव्य जारी गरेका छन्:मैले यो घटनाबारे थप जानकारी लिन आईसीईलाई सम्पर्क गरिसकेको छु। जब थप विवरण प्राप्त हुन्छ, म त्यसबारे जानकारी गराउनेछु।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार