आजको मौसम हुस्सु र कुहिरो तराईमा, तीन प्रदेशमा बदली

आजको मौसम हुस्सु र कुहिरो तराईमा, तीन प्रदेशमा बदली

 

 

 

काठमाडौं : तराईका अधिकांश भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ।

 

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा छ ।

महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी र बागमती प्रदेशको पहाडी भेगका आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ।

तराईमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाइ यातायातमा प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ।

उसले चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन समेत सुझाव दिएको छ।

More From Author

अझै जग्गाको खोजी बागलुङमा आधारभूत अस्पताल निर्माण

९ जनाको मृत्यु बितेको २४ घण्टामा मात्रै दुर्घटनाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *