सेल्टिकको पोष्टमा पीएसजीको ५ गोल

८ भदौ, काठमाडौं । पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिग फुटबलमा सेल्टिकमाथि शानदार जित हात पारेको छ । मंगलबार राति भएको खेलमा नेइमारको नेतृत्वको पीएसजीले सेल्टिकमाथि ५–० गोल अन्तरको जित निकालेको हो ।

सेल्टिकको घरेलु मैदानमा भएको खेलमा पीएसजीले १९ औं मिनेटमा नेइमारको गोलबाट अग्रता लिएको थियो । ३४ औं मिनेटमा एमबापे र ४० औं मिनेटमा काभानीले गोल गरेपछि पीएसजीले पहिलो हाफमा ३–० को अग्रता लियो ।

दोस्रो हाफमा पनि पीएसजी नै हावी भयो । ८३ औं मिनेटमा सेल्टिकका लुस्टिङले आत्मघाती गोल गरे भने दुई मिनेटपछि नै पाएको पेनाल्टीमा काभानीले गोल गरे र पेरिस सेन्ट जर्मेन ५–० को फराकिलो जित निकाल्न सफल भयो ।

सल्टिकले भने च्याम्पियन्स लिगमा घरेलु मैदानमा हात पारेको सबैभन्दा ठूलो हार हो ।

More From Author

युभेन्टसमाथि बार्सिलोनाको सहज जित, मेस्सीले गरे दुई गोल

डेम्बेलेलाई बिस्तारै टिममा एडजष्ट गराउने समय छैन- भाल्भर्डे

Leave a Reply

Your email address will not be published. Required fields are marked *