मस्ती टकः ‘पलले केही भन्दा नै रुन्छिन् आँचल’

नायक पल शाह र नायिका आँचल शर्माको जोडी चर्चित छ । विशेषगरि, यी दुइ प्रेममा रहेको खबर सार्वजनिक भएपछि चर्चा सुरु भएको थियो । यो जोडीले अभिनय गरेको चलचित्र ‘जोनी जेन्टलम्यान’ भदौ ३० गतेबाट रिलिज हुँदैछ ।

पर्दा भित्र जोनीलाइ जेन्टल बनाएकी आँचलले वास्तविक जीवनमा भने कुनै पनि यूवकलाइ ‘जेन्टल’ बनाउन पाएकी छैनन् । आँचल भन्छिन्-‘मैले अहिलेसम्म कुनै पनि पुरुष भेटेकी छैन । जो जेन्टल छैन उसँग म खासै संगत पनि गर्दिनँ ।’ यो चलचित्रमा आँचल ‘श्री’को भूमिकामा छिन् । आँचल चलचित्र भित्र आफ्नो भूमिका निकै गुलियो रहेको बताउँछिन् ।

अनलाइनखबरका लागि ‘मस्ती टक’मा रमाइलो कुराकानी गर्ने क्रममा आँचलले पललाइ गीत गाएरै क्यामेराको फ्रेममा बोलाइन् । पलले चलचित्र भित्र ‘श्री’का कारण जोनी जेन्टल भएको बताए ।

रमाइलो कुराकानीका क्रममा आँचलले पलको क्यारिकेचर समेत गरिन् । तपाइ पल बन्दा कस्तो क्रियाकलाप गर्नुहुन्छ त भन्ने प्रश्नमा आँचलले निकै रमाइलो कुरा गरिन् । यता, पलले भने आँचलको नक्कल गर्ने क्रममा आफूले केही भन्ने वित्तिकै आँचल रुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार