जापानीज निर्देशकको ‘माइ लभ’, भूकम्पको कथा पर्दामा

चलचित्र ‘माइ लभ-प्रमिस फर काठमाण्डौ’ले आफ्नो प्रदर्शन मिति तोकेको छ । यो चलचित्र मंसिर १५ गतेबाट नेपालभरका हलमा रिलिज हुने काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यो चलचित्रलाइ ‘शिरिषको फूल’का निर्देशक डाक्टर तोसिआकी इतोले निर्देशन गरेका हुन् । केही जापानीज र केही नेपाली कलाकारलाइ राखेर यो चलचित्र निर्माण गरिएको छ ।

बैशाख १२ गते गएको भूकम्पको सेरोफेरो र भूकम्पका बेलामा मानिसमा देखिएका संवेदना र मायालाइ यो चलचित्रले उठान गरेको छ । फिल्म क्रियशन नेपालको निर्माणमा बनेको ‘माई लभ’मा जापानबाट युइची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गणेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी ंहि, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बु लगायत कलाकारहरुको मूख्य भुमिका निर्वाहा गरेका छन् ।

यो चलचित्रमा गौरी शंकर धुजुको छायांकन, दिनेश सुनामको संगीत, जापानी चलचित्रकर्मी थाक मिया मोतोको भीएफएक्स छ । भुकम्पको बेलामा कसरी संयमित हुने, कसरी पुननिर्माणमा लाग्ने लाग्ने र आफ्नो नजिकका मानिसहरु भन्दा पनि समग्र सबैमा माया प्रेम कसरी प्रकट गर्ने भने मूख्य विषयमा यो चलचित्र बनेको

More From Author

मस्ती टकः ‘पलले केही भन्दा नै रुन्छिन् आँचल’

चीजकुमार श्रेष्ठको ‘घुमिफिरी बन्दीपुर’ विमोचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *