स्वस्तिमा र नाजिरको मस्ती

उसो त नायक नाजिर हुसेन र नायिका स्वस्तिमा खड्काले चलचित्र ‘होस्टेल रिटन्र्स’पछि अर्को चलचित्रमा काम गर्ने मौका पाएका छैनन् । तर, पनि यी दुइको मित्रता भने अझै उस्तै छ ।

यो चलचित्रले नाजिरलाइ चलचित्र क्षेत्रमा एउटा उचाइ दियो भने स्वस्तिमा ठिकठाक नै चलिन् । तर, अहिले स्वस्तिमाको क्रेज पनि चलचित्र क्षेत्रमा विस्तारै बढिरहेको छ । स्वस्तिमा र नाजिरले आफूहरुविच अहिले पनि मित्रतामा कुनै फरक नआएको बताएका छन् । अनलाइनखबरको क्यामेरामा तस्बिर खिचाउने क्रममा यी दुइलेे निकटता देखाए ।

More From Author

क्रिस्टिनका रहरै रहर

यस्तो छ रेखा र आर्यनको ‘रुद्रप्रिया’ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *