नेशवील टेनेसीका भूटानी समुदायद्वारा दुई दिने कार्यक्रम २०२६ घोषणा

नेशवील, टेनेसी —टेनेसीमा बसोबास गर्दै आएका भूटानी-नेपाली समुदायको प्रतिनिधिमूलक सामाजिक संस्था ‘एसोसिएसन अफ भुटानीज इन टेनेसी’ (ABCT) ले आफ्नो बहुप्रतीक्षित वार्षिक ‘महा-कार्यक्रम २०२६’ को आधिकारिक मिति सार्वजनिक गर्दै भव्य तयारी सुरु गरेको छ। आगामी अक्टोबर ३१ र नोबेम्बर १ २०२६ दुईदिने आयोजना हुने यस तीन दिने बृहत् उत्सवमा खेलकुद प्रतियोगिता, सांस्कृतिक झाँकी तथा उच्च विद्यालयका उत्कृष्ट स्नातकहरूलाई सम्मान गरिने विशेष कार्यक्रमहरू समेटिएका छन्। संस्थाले सम्पूर्ण समुदायका सदस्यहरू, अभिभावक, युवा, खेलाडी, स्वयंसेवक तथा समर्थकहरूलाई सहपरिवार उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन न्यानो निमन्त्रणा जारी गरेको छ।

तीन दिने कार्यक्रमको पहिलो दिन अर्थात् शुक्रबार, अक्टोबर ३० मा युवा अन्तर-क्याम्प फुटबल प्रतियोगिताको पहिलो चरणका खेलहरूबाट कार्यक्रमको औपचारिक सुरुवात हुनेछ। दोस्रो दिन शनिबार, अक्टोबर ३१ मा बालबालिका तथा किशोर-किशोरीहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले कक्षा १–३ (समूह ‘ए’ र ‘बी’), कक्षा ४–६ र कक्षा ७–९ का विद्यार्थीहरूबीच रोमाञ्चक मैत्रीपूर्ण फुटबल खेलहरू सञ्चालन गरिनेछन्। सोही दिन सबै उमेर समूहका खेलप्रेमी तथा वयस्कहरूका लागि अन्तर-क्याम्प फुटबल प्रतियोगिता जारी रहनेछ भने उपस्थित सम्पूर्ण दर्शक तथा सहभागीहरूका लागि संस्थाका तर्फबाट निःशुल्क भोजन (Free Community Lunch) वितरण गरिने व्यवस्था मिलाइएको छ।

कार्यक्रमको अन्तिम तथा तेस्रो दिन आइतबार, नोभेम्बर १ मा छात्रा फुटबल, छात्रा भलिबल तथा छात्र भलिबलका मैत्रीपूर्ण खेलहरू आयोजना हुनेछन्। खेलकुदका साथै १०० मिटर दौड, तीन-खुट्टे दौड (Three-Legged Race) र सांगीतिक कुर्सी (Musical Chairs) जस्ता सबै उमेर समूहका लागि अत्यन्तै मनोरञ्जनात्मक तथा परम्परागत गतिविधिहरू समावेश गरिएका छन्। यसै दिन ‘क्लास अफ २०२६’ (Class of 2026) का उच्च विद्यालय स्नातक (High School Graduates) विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सफलताको कदर गर्दै विशेष सम्मान प्रदान गरिनेछ भने स्थानीय भूटानी कलाकार तथा सामुदायिक प्रतिभाहरूद्वारा परम्परागत गीत, नृत्य र विविध सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिनेछ।

यस बृहत् कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न संस्थाले जितु बस्नेत र एस.वी. दुङमालीलाई समग्र कार्यक्रम संयोजकको जिम्मेवारी सुम्पेको छ। त्यसैगरी खेलकुद संयोजकमा भक्त राई, अन्तर-क्याम्प प्रतियोगिता संयोजकमा बर्सन राई, भलिबल प्रतियोगिता संयोजकमा बिरु राई, सांस्कृतिक संयोजकमा बिनोद सुब्बा र युवा तथा शिक्षा संयोजकमा नर राई (एन.बी. खालिङ) रहेका छन्। यस सम्पूर्ण कार्यक्रमको नेतृत्व तथा सुपरिवेक्षण ABCT का अध्यक्ष सुकमान सुहाङले गरिरहनुभएको छ।

अध्यक्ष सुकमान सुहाङले कार्यक्रमलाई ऐतिहासिक र सफल बनाउन समुदायका सम्पूर्ण सदस्यहरू, स्थानीय व्यवसायी तथा शुभचिन्तकहरूसँग आर्थिक सहयोग, प्रायोजन (Sponsorship), स्वयंसेवा र सक्रिय सहभागिताको हार्दिक अपिल गर्नुभएको छ। यस स्तरको बृहत् कार्यक्रम आयोजना गर्न ठूलो व्यवस्थापकीय बजेटको आवश्यकता पर्ने र पर्याप्त आर्थिक सहयोग बिना यस्ता सामाजिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्न कठिन हुने बताउँदै उहाँले भन्नुभयो, “तपाईंहरूले गर्ने सानो वा ठूलो — हरेक योगदान हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण छ र प्रत्येक डलरले कार्यक्रमको सफलतामा ठूलो फरक पार्नेछ। आउनुहोस्, हामी सबै एकजुट भएर यस वर्षको महा-कार्यक्रमलाई सम्झनायोग्य र ऐतिहासिक बनाऔं।

More From Author

टेनेसीका भूटानी समुदायद्वारा तीन दिने महा-कार्यक्रम २०२६ घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *