एम्पायर स्टेट बिल्डिङको चुचुरोमा चढेर प्रेम प्रस्ताव गर्ने दुई जना पक्राउ

न्युयोर्क, जुलाई १ – अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध एम्पायर स्टेट बिल्डिङको चुचुरोमा अनधिकृत रूपमा चढेर प्रेम प्रस्ताव गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरू बुधबार दिउँसो भवनको करिब १,४५४ फिट अग्लो एन्टेनासम्म पुगेका थिए। उनीहरूले त्यहाँ “When the power of love beats the love of power, the world knows peace” लेखिएको ब्यानर प्रदर्शन गरेका थिए। त्यसपछि पुरुषले महिलालाई विवाहको प्रस्ताव गरेका थिए।

घटनापछि न्युयोर्क प्रहरी (NYPD) ले तत्काल सुरक्षा अभियान सञ्चालन गर्दै दुवैलाई सकुशल तल झारेर नियन्त्रणमा लिएको हो। उनीहरूमाथि अनधिकृत प्रवेश, सार्वजनिक सुरक्षामा जोखिम सिर्जना गरेको लगायतका आरोपमा कानुनी कारबाही अघि बढाइएको छ।

More From Author

अमेरिकाको नेब्रास्का राज्यमा सम्पन्न ११औँ किरात महाधिवेशन तथा खिबेक्वा–याक्वा सेवा : वार्षिक बैठकदेखि सांस्कृतिक प्रतियोगितासम्म विविध कार्यक्रम भव्य रूपमा सम्पन्न

अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसको ऐतिहासिक परेडमा पहिलोपटक सहभागी बन्यो भुटानी कम्युनिटी अफ सेन्ट्रल ओहायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *