नेपाली लोकसंगीत प्रेमीहरूका लागि नयाँ कोसेलीका रूपमा ‘दागनाको सेरोफेरो’ गीत सार्वजनिक भएको छ। मौलिक नेपाली संस्कृति, भावना र ग्रामीण परिवेशलाई समेट्ने प्रयास गरिएको यस गीतले सार्वजनिक भएसँगै श्रोता तथा दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्ने विश्वास गरिएको छ।
यस गीतमा भुटानका विभिन्न स्थानहरूको नाम समावेश गरिएको छ। गीत हेर्दा र सुन्दा दर्शक तथा श्रोताले आफू भुटानकै परिवेशमा पुगेको अनुभूति गर्न सक्छन्।
गीतको प्रस्तुति रिता पौडेलको रहेको छ भने केशव पौडेल र सीतल शर्माको सुमधुर स्वरले गीतलाई थप आकर्षक बनाएको छ। बीबी पौडेलको शब्द र केशव पौडेलको संगीत रहेको यस गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ बिपिन आचार्यले गरेका हुन्। गीतको रेकर्डिङ एम.बी. रेकर्डिङ स्टुडियोमा सम्पन्न गरिएको हो।
गीतको म्युजिक भिडियोमा विजय गुरुङ र चेतना काफ्लेको अभिनय रहेको छ। भिडियोको निर्देशन विजय गुरुङले गरेका छन् भने कोरियोग्राफी खगेन्द्र गिरीको रहेको छ। छायांकन प्रकाश खड्का र टिमले गरेका हुन्। सम्पादन तथा कलर ग्रेडिङ मिलन विश्वकर्माले गरेका छन् भने मेकअप कविता तोलाङ्गीले गरेकी छन्। निर्माण सरेगामा स्टुडियोले गरेको हो भने पोस्ट–प्रोडक्सन ड्रागन पिक्चर्सले सम्पन्न गरेको छ।
गीतको भोकल रेकर्डिङ सुबास सिन्चुरीद्वारा एस.एम. स्टुडियो, कोलम्बस, ओहायो, अमेरिकामा गरिएको हो, जसले नेपाल र प्रवासबीचको सांगीतिक सहकार्यलाई समेत झल्काएको छ।



