महागुरु फाल्गुनन्दको समाज सुधार दर्शनलाई आत्मसात गर्दै पिट्स्बर्गमा किरात समाज सुधार दिवस सम्पन्न

पिट्स्बर्ग — ” समाज सुध्रे भावी सन्तन्ती सुध्रन्छ” भन्ने मुल नाराको साथ किरात कल्चरल सोसाइटी अफ पिट्स्बर्ग द्वारा ९६ औँ किरात समाज सुधार दिवस विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरिएको छ। मे ७, २०२६ मा आयोजित कार्यक्रममा किरात धर्म, भाषा, लिपि, कला र संस्कृतिको संरक्षण तथा भावी पुस्तासम्म यसको महत्व पुर्‍याउने उद्देश्यसहित विभिन्न चरणका कार्यक्रम सम्पन्न गरिएका थिए।

कार्यक्रम बिहान ७ बजेदेखि किरात साम्जिक मुन्धुम वाचन तथा सेवा–पुजाबाट सुरु गरिएको थियो। मुन्धुम अनुसार ३ वटा दियो कलश बाली ३ पटक ओतकार लगाएर कार्यक्रमको शुभारम्भ गरिएको थियो। साथै महागुरु फाल्गुनन्द लिङ्देन तथा वर्तमान गुरु–गुरुमाको तस्वीरमा मल्याणपण गरिएको थियो।

त्यसपछि बिहान ९ बजेदेखि भजन तथा महागुरु फाल्गुनन्द माङ्सिवा खाहुन धर्म उपदेश प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागीहरूले महागुरुको दर्शन, समाज सुधार अभियान तथा धार्मिक चेतनाबारे गहन चर्चा गरेका थिए।

बिहान १० बजेदेखि ११:३० बजेसम्म “किरात समाज सुधार दिवस” को महत्व, आवश्यकता र विशेषताबारे अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा ट्रिपल मास्टर सागर मुकारुङ, संस्थाकी वर्तमान कोषाध्यक्ष राधा राई, अग्रज एल.बी. चाम्लिङ, महिला सशक्तिकरण समूहकी सदस्य दुर्गा बिस्ट राई तथा संस्थाका अध्यक्ष जिवान सुब्बालगायतले मन्तव्य राखेका थिए। वक्ताहरूले महागुरु फाल्गुनन्दको समाज सुधार दर्शनलाई जीवित राख्नु आजको आवश्यकता भएको उल्लेख गर्दै किरात धर्म, भाषा, लिपि, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन भावी सन्ततिका लागि अपरिहार्य रहेको बताएका थिए। यसै क्रममा संस्थाकि उपाध्यक्ष रुपा दुमि राईले समाजमा तास जुवाले जीवन उठिबास पार्ने र पारिवारिक समस्याहरु निम्त्याउन सक्ने र समाजमा विकृतीको एक नमुना हो भन्दै आफ्नो मन्तव्य व्यक्त गरिकी थिइन ।


कार्यक्रममा माङसेवा साबा सेवा सामाका रूपमा केसर कुकारुङ, सन रिया हाङ, रुपा दुमी राई, भक्त खेसाङ तथा अम्बर राईको विशेष सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन पब्लिक रिचआउट अफिसियल शिव राईले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका वर्तमान उप–सचिव अम्बर राईले व्यक्त गरेका थिए। कार्यक्रमको अध्यक्षता संस्थाका वर्तमान अध्यक्ष जिवान सुब्बाले गरेका थिए।

कार्यक्रमको अन्त्य किरात साम्जिक मुन्धुम अनुसार ३ पटक ओतकार लगाएर गरिएको थियो। समापनपछि सहभागीहरूबीच चियापान तथा प्रसादी वितरण गरिएको थियो। कार्यक्रममा करिब 39 जना भन्दा बढीको उपस्थिति रहेको आयोजकले जनाएको छ।

More From Author

अमेरिकामा एएनओद्वारा नेपाल सरकारलाई धन्यवाद तथा भेदभाव नगर्न आग्रह

कोलम्बसमा अन्तरराज्यीय ‘मदर्स डे’ फुटबल प्रतियोगिता हुँदै, आमाहरूको भूमिकाबारे नयाँ सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *