नेपाली नागरिकलाई शरणार्थी बनाएर विदेश पठाएको आरोपमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ — भुटानी शरणार्थी प्रकरणमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाएको आरोपसहित शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले स्रोत नखुलेको सम्पत्ति तथा गैरकानुनी आर्जनको विषयमा अनुसन्धान गर्दै जिल्ला अदालत काठमाडौँबाट दुवै जनाविरुद्ध पक्राउ अनुमति लिएको स्रोतले जनाएको छ। उक्त प्रकरणमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको रूपमा प्रस्तुत गरी विदेश पठाउने गिरोहसँग सम्बन्ध रहेको आशंकामा अनुसन्धान अघि बढाइएको छ।

अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि उनीहरू हाल नेपाल बाहिर रहेकाले इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी भइरहेको बताइएको छ। शेरबहादुर देउवा उपचारका लागि सिंगापुर पुगेका थिए भने त्यहाँबाट हङकङतर्फ लागेको जनाइएको छ।

यसअघि भदौ २४ मा जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी हुँदा जलेका पैसाका नोटहरू फेला परेको घटना सार्वजनिक भएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले घटनास्थलमा पुगेर मुचुल्का उठाउँदै थप अनुसन्धान सुरु गरेको थियो।

हाल उक्त घटनासँग सम्बन्धित सबै पक्षलाई जोडेर विस्तृत अनुसन्धान भइरहेको छ। सम्बन्धित निकायले अनुसन्धानको निष्कर्षअनुसार थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

More From Author

ह्यारिसबर्गमा किड्स पर्फर्मेन्स स्टेज (केपीएस) भुटानी-अमेरिकी युवा प्रतिभा उजागर गर्ने ऐतिहासिक सांगीतिक यात्रा

अमेरिकामा ‘पहिलो बाबा ब्याडमिन्टन प्रतियोगिता २०२६’ आयोजना हुँदै, समुदाय एकतामा खेलको ठूलो भूमिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *