गुहाटी, आसाम
अग्रज साहित्यकार लील बहादुर क्षेत्रीको निधन भएको छ । वि.सं.१९८९मा भारत असमको गुवाहटी क्षेत्र जन्मनुभएका क्षेत्रीले विगत लामो समय देखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान दिँदै आउनु भएका क्षेत्रीको २०८१ फाल्गुन २९ गते विहीबार बेलुका नेपाली समय अनुसार १०:२५ मा निधन भएको हो ।
२०१४ सालमा प्रकाशित ‘बसाइँ’ उपन्यास उहाँको पहिलो उपन्यास हो। नेपाली पाठ्यक्रममा लामो समयसम्म रहेकाले यो उपन्यास नपढ्ने बिरलै नेपाली छन् । उहाँका अन्य कृतिहरू अतृप्त, ब्रह्मपुत्रका छेउछाउ, असममा नेपाली भाषाको साह्रोगाह्रो, दोबाटो, तीन दशक बीस अभिव्यक्ति, लीलबहादुर क्षत्रीका कथाहरू आदि प्रकाशित छन्।उपन्यास बाहेक उहाँ कथा, निबन्ध, नाटक आदि लेख्ने गर्नु हुन्थ्यो।
भारतको गौहाटी असममा बसेर नेपाली भाषा र साहित्यको सेवा गरिरहनु भएका क्षेत्री २०७२ सालमा जगदम्बा श्रीबाट सम्मानित हुनु भएको थियो भने भारतको प्रतिष्ठित पद्मश्री, साहित्य अकादेमी पुरस्कारबाट पनि उहाँ सम्मानित भइसक्नु भएको हो।उहाँले ९२ वर्षको उमेरमा शरीर छाड्नु भएको हो ।