यी हुन् एनआरएन युएईका उम्मेदवारहरु

९ सेप्टेम्बर, दुबई । एनआरएन युएईको आगामी कार्यकालका लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिका संयोजक लक्ष्मण खनालले दिएको जानकारी अनुसार अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष रमेश श्रेष्ठ र सल्लाहकार शालिकराम सुवेदीको उम्मेदवारी परेको छ ।

विगत दुई दशकदेखि युएईमा रोजगारीपछि व्यापार व्यावसाय गर्दै आएका दाङका सुवेदी र करिब १ दशकअघि देखि रोजगारीपश्चात ब्यापार व्यावसाय गर्दै आएका स्याङ्जाका श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचन समितिका अनुसार २ जना उपाध्यक्षका लागि नेत्रप्रसाद शर्मा, निर्मलकुमार पोखरेल, बालकृष्ण मरासिनी र लक्ष्मण श्रेष्ठ चार जनाको उम्मेदवारी परेको छ ।

महासचिव पदमा हालका युवा सञ्जाल संयोजक निश्चल तीर्थ दाहाल र युएईका लोकप्रिय सामाजिक अभियन्ता कृष्णप्रसाद पौडेलको उम्मेदवारी परेको छ ।

एक सचिव पदका लागि राजेश बोहोरा र नीलबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यसरी नै एक कोषाध्यक्ष पदका लागि राजु केसी र बालकृष्ण अधिकारीले उम्मेदवारी दिएका छन् ।

युवा सञ्जाल प्रतिनिधिमा नवीन पौडेल र महिला संजाल प्रतिनिधिमा मोतीकुमारी राईको उम्मेदवारी परेको छ । उक्त पदहरुमा एकएक जनाको उम्मेदवारी परेको र दुबै जनाविरुद्ध कुनै दाबीबिरोध नआएको खण्डमा स्वतः विजयी बन्ने समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार