भेटवार्ता रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच

भेटवार्ता रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच

 

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार बिहान उनीहरूबीच भेटवार्ता भएको रास्वपा केन्द्रीय कार्यालयले जनाएको छ।

भेटवार्तामा पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, प्रतिनिधि सभा सदस्य निशा डाँगीलगायत पनि सहभागी थिए।

तीन दिने दबाब यात्रा (पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्रा क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम) का विषयमा भेटवार्तामा कुराकानी भएको थियो।

निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको रास्वपाले जनाएको छ। थप ढिलाइ हुन दिन चाल्नुपर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भएको रास्वपाले जनाएको छ।

 

आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत साेङले प्रतिबद्धता जनाएका थिए।

More From Author

९ जनाको मृत्यु बितेको २४ घण्टामा मात्रै दुर्घटनाबाट

ठक्कर दिँदा एकजनाको मृत्यु माइक्रोबसले साइकललाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *