अनेसास कतारको छैटौ अधिबेशन सम्पन्न

२ सेप्टेम्बर दोहा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको छैटौ अधिबेशन तथा १५२ औँ मोती जयन्ती र अनेसास नवोदित वाचन डबलीको ७३ औँ शृङखला एकै साथ सम्पन्न भएको छ ।

८ सेप्टेम्बर शुक्रबारका दिन दोहाको टप र्फम रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रम अनेसास कतार च्याप्टरका अध्यक्ष तीर्थ संगम राईको सभापतित्व तथा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेको प्रमुख आतिथ्यमा भएको थियो ।

विशेष अतिथिहरुमा सन्ध्या ग्रूप अलखोरका अध्यक्ष वीरेन्द्र याक्थुम्बा, नवोदित साहित्यिक वाचनालय कतारका अध्यक्ष लेख कार्की तथा प्रवासी आदिवासी जनजाति महासंघ कतारका उपाध्यक्ष लिलाम चिदी मगर रहेका थिए ।

कतारमा रहेका थुप्रै साहित्यकार तथा साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा आमन्त्रित अथितिहरूलाई संस्थाका प्रथम उपाध्यक्ष श्यामराज रानाभाटले स्वागत गरेका थिए भने संस्थाका द्वितीय उपाध्यक्ष प्रेमप्रसाद भट्टराईले मोतीराम भट्टको जीवनी प्रस्तुत गरेका थिए ।

साहित्य वाचन सँगसँगै संचालन भएको कार्यक्रममा करिब डेढ दर्जन साहित्यकारहरूले आ-आफ्ना रचनाहरू वाचन गरेका थिए ।

रचना वाचन गर्नेहरुमा शेखर बस्नेत, दीप प्रदिप कुमार, टीका खड्का रास्टप्रेमी, निराजन लुइँटेल, चक्र कार्की , मणि पौडेल, सुनिता भण्डारी, बेचन महतो, राम सोगारथ यादब, केशब खनाल, रजक रायन, बसन्त भुजेल, स्वतन्त्र नेपाल, दीप मिलन, हरिबिनोद अधिकारी,सन्तोष अधिकारी,बिन्दा लामा आदि थिए ।

कार्यक्रममा उपस्थित विशिष्ट स्रोताहरु बिनोद खड्का, पबित्र खड्का, देविका के.सी. आदिले शुभकामना मन्तव्यसँगै आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।

अनेसास कतारले आफ्नो दुई वर्षको कार्यावधिभरी भए गरेका क्रियाकलापहरुसहितको प्रगति विवरण सँस्थाका महासचिव सिताराम थापाले प्रस्तुत गरेका थिए भने संस्थाको आर्थिक विवरण कोषाध्यक्ष मणि पौडेलले प्रस्तुत गरेका थिए ।

More From Author

यहाँ सडक बालबालिकाले निकाल्छन् पत्रिका, सम्पादक र रिपोर्टर पनि आफैं

न्यूयोर्ककी बैंकरको ‘ढुकढुकीमा सुन्दरीजल’ सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *