३० वर्षीय नवराज ब्लड क्यान्सरपीडित सहयोगको याचना

३० वर्षीय नवराज ब्लड क्यान्सरपीडित सहयोगको याचना

 

 

 

 

 

काठमाडौं : अछामको ढकारी गाउँपालिका–१ निवासी ३० वर्षीय नबराज बुढा ब्लड क्यान्सर भएर मृत्युसँग लडिरहेका छन्। क्यान्सर अस्पताल चितवनमा उपचारकै क्रममा आफूसँग भएको सबै रकम सकेका निरक्षर नवराज गाउँमा सामान्य खेतीपातीसँगै कहिलेकाहीँ रोजगारीका लागि भारत पनि जान्थे। तर, ब्लड क्यान्सर भएपछि उनको परिवारको आर्थिक उपार्जनको बाटो बन्द भएको छ।

 

 

श्रीमती गीता श्रीमानको क्यान्सर उपचारसँगै पाँच वर्ष नकटेका दुई सन्तानलाई स्कुलसमेत कसरी पठाउने भन्ने चिन्तामा छिन्। ‘श्रीमानको उपचारमा सबै पैसा सकियो। माग्ने ठाउँमा पनि मागिसक्यौँ। अब माग्ने ठाउँ पनि छैन। त्यसैले सकेको सहयोग गरिदिन सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गर्दछु,’ उनी गहभरि आँसु पार्दै भन्छिन्।

पैसा सकिएपछि नवराज घर फर्किएर गाउँमा सरसापट मागिरहेका छन्। तर, सक्ने जति सबैले सहयोग गरिसकेकाले अब उनको माग्ने ठाउँ पनि छैन। ‘उपचार नपाएरै मर्छु कि भन्ने लाग्न थालेको छ। श्रीमती र लालाबालाको अनुहार मात्र मनमा घुमिरहेको हुन्छ। मलाई केही भइहाल्यो भने उनीहरू कसरी बाँच्लान्, कसरी जीवन चलाउलान् भन्ने चिन्ताले पिरोलिरहेको छ ’ उनले भने।

नबराज बुढाले आफ्नो जीवन बचाइदिन अनुरोध गर्दै आर्थिक सहयोगका लागि बैंक खातासमेत खोलेका छन्। अछामको ढकारीस्थित सिटिजन बैंकमा नवराज बुढा (Navaraj Budha) नामक 0790100000121010 मा रकम जग्मा गरिदिन आग्रह गरेका छन्। उनलाई 9845967186 मा टेलिफोन सम्पर्क गरेरसमेत सहयोग गर्न सकिनेछ।

More From Author

मन्त्रालयलाई नै दिएन जानकारी साउदीले नेपाली श्रमिकमाथि थप्यो आर्थिक भार,

वृद्धको मृत्यु तनहुँमा रुखबाट लडेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *