हर्क सम्पांगलाई विजेन्द्र श्रेष्ठको पत्र : श्रम सँस्कारका पिता हर्क

हर्क सम्पांगलाई विजेन्द्र श्रेष्ठको पत्र : श्रम सँस्कारका पिता हर्क

मेरो ईमेल ==> धराने मेयर ==> हर्क साम्पाङ्ग रिभोलुशन ==> श्रम सँस्कारका पिता

श्री माननीय धरान उपमहानगरपालिका (सुनसरी, प्रदेश नम्बर – १) का मेयरज्यू सादर नमस्कार ! कुशल छु र हरक्षण कुशलताको कामना गर्दछु ।
हजुरले दिदै आईरहनु भएको निरन्तर र निष्ठा पुर्वक दिएको समय, सेवा, योगदान र बहाएको पसिनाका धाराहरुको म यो शिर झुकाई मुक्त कण्ठले प्रशम्सा गर्न चाहन्छु ।
धरानमा स्वतन्त्र बाट निकै फरकिलो अन्तरले मेयर पदमा बिजयि हुनुभएको सुने देखि नै तपाईमा देश तथा बिदेशबाट नजर पर्दै आईरहेको छ र मेरो पनि पर्नु स्वाभाविक नै हो । केहि दिन्छु, तर लिदिन भनेर राज्यको ढुकुटि दोहन नगरि अहोरात्र खटिइरहनु भएको छ । तैपनि बिभिन्न जाल, झेल, षड्यन्त्र गरि तपाईलाई हतोत्साहित बनाउन कुटनैतिक गोलाहरु बर्षिरहेका छन, जसलाई मैले पनि नियालिरहेको छु । आज अति नै भएर होला यि औलाहरु किप्याडमा सल्बलाईरहेका छन । यतिबेला तपाइ नेपालको झण्डा बोकि चुनावमा माईकिङ्ग गर्दै बोलिरहेको, असिनपसिन/ धुस्रै फुस्रै हुदै फलफुलका बिरुवा रोपिरहेको, ढुङ्गा बोकिरहरेको, गिट्टी कुटिरहेको, पाईप बोकिरहेको, जनतालाई हौशला र निर्देशन दिन माईकिङ्ग गरिरहेको, लामखुट्टे लार्भा मार्न दौडिरहेको, सुधारबारमा सचेतना कार्यक्रम गर्दै हिडिरहेको, गितार समाउदै देश प्रेमले ओतप्रोत भएका तथा टपर्टुइयाहरुलाई ब्यङ्ग प्रहार गर्दै गीतहरु गुनगुनाईरहेको, सडकमा आफै जनता र त्याहाको स्थिति नियाल्न पैदल हिडिरहेको, अफिसमा बस्दा जनताको सेवामा तल्लीन रहेको, भ्रस्टाचार र बेथिति निमिट्यान्न पार्न छाति चौडा पारि अगि बढिरहेको….. भिडियोहरु झल्किरहेका छन् ।

धेरैले धेरै बोले मात्रै पत्रीका, टिभि, सामाजिक सन्जालमा समाचार बनाउनका लागि, श्रोताको कानमा पुग्नका लागि र दर्शकको आखामा छारो हाल्नका लागि । धेरै काम गरे पनि तर ती सवै आफ्नो र आफ्नाको निहित स्वार्थका लागि । तर एकजना भेटेको छु जो पुरै देश बदल्न सक्ने गरि काम गरि यो देशको मुहार उज्यालो देख्न चाहने नागरिकहरुको मन मस्तिष्कमा बसिसकेको छ, बसिरहेको छ र बसिनैरहनेछ । कसले के बोल्यो भन्दा पनि के गर्योले देश र जनताको भविष्य निर्धारण हुन्छ । म कर्म गर्न मन पराउदछु र कर्ममै बिश्वाश गर्दछु नकि राशिफल, साईत, भाषण, उखान टुक्का, रचित कथा, कविता, उपन्यास र कथाहरुमा ।

मलाई तपाईको काम गर्ने र गराउने शैली अतिनै मन पर्दछ, त्यसैले तपाईंको कामको म फिदा नै भैसकेको छु । हो यस्तै नेता नै सारा विश्वलाई मन पर्दो रहेछ पनि ।
मेयरज्यू यसरि नै काममा अगाडि बढिरहनुहोस । यो नेपालमा सताब्दियौ देखि एउटै परिवार जस्तै देखिने ब्याक्तिहरुले गाउ देखि केन्द्र सम्मको शक्तिलाई हात पारि मनपरि शाशन चलाउन अन्य परिवारलाई सके सम्म बाईकट गराउने या अल्पमतमा पार्नु पर्दछ भन्ने रणनीति बनाई अघि बढेरहेको प्रश्ट देख्न सकिन्छ । त्यसैले तपाईका वरपर र अगिपछि पनि त्यस्तै मान्छेहरु साख्खै बनेर कुम मिलाउन खोज्नेहरु सङग हरपल सजग रहनुभएकै होला भन्ने विश्वास छ । तिनिहरु कहाँनेर फसाउन सकिन्छ भनि बल्छिमा चारो उनेर फालिरहेका हुन्छन वा कहानेर कमजोरि भेटिन्छ भनि निकै जाशुसि गरिरहेका पनि हुन्छन ।
अनि कोकाहा खानेपानी आयोजना (जो निश्चित जात, धर्म, पार्टी ले मात्रै उपभोग गर्ने भन्ने थिएन) मा कुन क्षेत्र, पार्टि, समाज, जात, धर्म … बाट कति कति सहयोग आयो ? त्यसको बिस्तृत तथ्यांक निकाली पक्कै पनि विश्लेषण गरिसक्नु भयो होला जसबाट त्यो धरानको असलि बिकास चाहने, धरान प्रेमी मानिसहरु/ शुभचिन्तकहरु के कति रहेछन स्पष्ट हुन्छ नै ।
एउटा खाटि कुरा भन्न चाहन्छु, अहिले एउटा असलि भुमिपुत्रको छोरोले करिब १६ महिनामै धेरै उदाहरणीय कार्यहरु गर्यो, धेरैनै भाइरल बन्यो, सारा जगतले चिनिसके भनेर निकै नै तनावग्रस्त देखिन्छन् । कस्तो सस्कार बनाएछौ हामि जव एक रुप्पे भ्रष्टाचार नगरि आफ्नो निहित स्वार्थहरु चटक्कै छाडि इमान, त्याग, अनुभव,चेत लगाई नियमित पसिना बहाईरहदा पनि कतिपयलाई कसोरि के गरि असफल पार्न सकिन्छ भनि निद्रा भगाउनु परिरहेको छ । राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमै नाम कमाउदा पार्टी र धर्मको नाउमा जिब्रोको भरमा एकलौटी शाशन गरिरहेकाहरु थाल खाउकि भात खाउको स्थितीमा पुगिसकेका छन । अव यसले यसरिनै राम्रा र उदाहरणिय काम गर्दै अघि बढ्यो भने एकदिन देशको बागडोर नै सम्हाल्ने ठाउमा पुग्नेछ । त्यसपछि यसरि ठगेर / लुटेर/ शोषण/ दमन गरेर / अन्धविश्वास फैलाएर खानेदिन सकिन्छ भन्ने चेत पसिसकेकोले आफ्ना हरेक शस्त्र अस्त्र प्रयोग गर्दै गैरहेका छन । तर अझै पनि देश सम्मृद्ध गराउन तर्फ नलागि राजनीतिको भेषमा जाति र धर्मको पछाडि मात्रै लागेर नेपाली दाजुभाइहरु जहिलेपनि अबुझ बनि बिवाद मात्रै गरिरहदा भने स्वर्ग सरि हाम्रो नेपाल बिदेसिको कृडाभुमी कुरुक्षेत्र बनाउदै छन जस्तो लागिरहेको छ । त्यसैले चलिआएको असफल अनुत्पादक नितिलाई हरेक जुक्ति प्रयोग गरि फाल्नुको बिकल्प रहदैन र त्यसमै हरेक वर्गका मानिसहरुको अवस्य पनि हित हुनेछ ।
तिनिहरु चाहन्छन कि हर्कलाइ हौसला होइन, कहि ठाउ पाउने बित्तिकै या फिल्मी शैलीमा श्रृजना गरि निकै तनाव दिइरहनु पर्दछ, उसलाई उसको कामको सफलतामा खुशि हुने मौकानै दिनुहुदैन भनि हरेक गुप्त योजनाहरु बनाई पटकै पटक प्रयोग गर्न सक्छ्न / गरिरहेका पनि छन । माछा सम्झि कोसैले पोखरि बनाइदिने, कोसैले चारो राखिदिने, कोसैले पानी धमिलो बनाइदिने, कोसैले बल्छि थाप्ने र कोसैले पानी बाहिर फाल्ने यस्ता तमाम जाल, झेल र षडयन्त्रहरुको प्रयास पटकौ पटक गरेकै छन र अझै नगर्लान भन्न पनि सकिदैन ।
हिजो सजिलो देखिने गरि पार्टिहरु लागे, फेरि धर्मको अस्त्र फाले र पुनः किरात धर्म र सस्कार बिपरित गोरुको नाममा अस्त्र फालिएको छ, सचेत रहनुहुन ।
सवैलाई विदितै छ, अन्त्यमा जीत सत्य कै हुनेछ, छिट्टै हुनेछ । यो देशका जनता पनि समृद्ध, खुशी अनि सुखी बन्ने दिन चाडै आउनेछ । तपाईको हिम्मत र क्षमता देखेर प्रशन्न नहुने कमै छन । तर ज-जसले हिजो सक्तिको गलत प्रयोग गरे उनिहरु भने निकै नै तनावमा छन र पश्चाताप पनि मानिरहेका छन । अनि अन्तरात्माबाटै धिक्कारिरहेका छन तिनीहरुलाई जसले उनिहरुबाटै गलत बाटोमा अगाडि बढ्ने कुसँस्कार पाइरहे र त्यसलाई धर्म सस्कार सम्झि अवलम्बन गरिरहे ।
मेयरज्यू हजुरको काम मन पराउनेले कहिल्यै र कतैपनि नराम्रो दृष्टिकोण राखेको पाइएको भेटिदैन । यहि धरातलको निकै पुरानो जग भएको झुक्दै नझुक्ने नेपालको छोरो होनि तपाई काम गर्दै जानुहोस, कहिल्यै झुक्नु नै पर्नेछैन । यसरि नै अगाडि बडिरहनुहोस । तपाइले स्वर्णिम इतिहास रचि सक्नु भएको छ, धरान समृद्धि तर्फ लम्किसकेको छ । तपाई धरान मात्र बनाएर हात झिक्ने प्रयास पक्कै पनि गर्नुहुनेछैन, सारा नेपालकै कुना कन्दराहरुमा बिकासको मुलहरु फुटाउने र जनताको सपनाहरूलाई ढकमक्क फुलाई लटरम्म फलाउने क्षेमता तपाईमा स्पष्ट देख्न सकिन्छ । तर देशका कतिपय सक्ति तपाई र तपाई जस्तै अनुहार र गैर हिन्दु धर्म मान्ने बस्ती भएको क्षेत्रको पक्ष / हितमा काम सकेसम्म गर्दैन / गर्न दिदैन पनि । किनकि यो देश बिभिन्न पार्टीको नाउमा एउटै नश्ल, जाति, धर्मले हाली मुहालि गरिरहेको देश हो भन्दा अत्युक्ति नहोला । केहि समय पहिले धरानमै गै पार्टीको नाम लिएर खानेपानीको योजनाको लागि केपिले दिएका ती नीच बाणीहरु, मन्दिर/ चर्च को नाममा धर्मगु रु भन्नेले धर्मको आडमा दिएको ति कपोकल्पित गालिगलौज तथा उपनामहरु, वडाध्यक्ष्यहरुको असमर्थन, जलाधार क्षेत्रको जग्गा बारेमा उच्च अदालतको निर्देशन तथा त्यहि जग्गामा बस्ने एउटि महिलाको सुन्नै नसकिने गालि/ गलौज/ अपमान, किराँत धर्म सस्कारमा अनिवार्य प्रयोग गर्नु पर्ने गोरुको माशु उनिहरुलाई उपभोग गर्न पाउदैनौ/ दिदैनौ आदि जस्ता सवै ती हिजोका कुटिल अभ्यासमा पाएका सफलताहरुको दुष्परिणाम हो । अव त्यसलाई बदल्नु छ, गलत कुरा पनि सय जनाले सहि हो भनेर प्रचार गरे सहि हुन्छ भन्ने भ्रम चिर्नु छ । अस्ति भिकारि बनेर आए, हिजो सरकारी बने अनि आज घरबेटी माथिनै आक्रमणकारि बनेको किन हो समयमै सवैले बुझ्न जरुरी छ । हिम्मत र नया रणनितिहरु बनाई अगाडि बढे ति सरकारी स्वामित्वका जग्गा मात्र होइन भारतले कब्जा गरेको र फकाई धम्क्याई आफ्नो बनाएको सम्पूर्ण भुभाग तथा नदिनालाहरु नेपालकै बनाउन सकिनेछ । शोषण र दमन गरि बिलय बनाइन थालेका हजारौ वर्ष देखिका हाम्रा गहनारूपी पहिचान, भेषभुषा, भाषा सस्कृतिहरु, रितिरिवाजहरुको पनि जगेर्ना गर्नु छ। धेरै ठाउको हाम्रा पुर्खाले राखेका धेरै नामहरु मेटिएका छन त्यसलाई पनि अन्डु गर्नु छ ।
हिजो शरीरले सक्दा सम्म होटल/ रेस्टुरेन्ट/मन्चमै असार १५ मनाउनेहरु आज शरीर धान्न पनि नसक्ने अवस्थामा पुगेपछि खेतमा गै चार पाच जनाले समाति जवरजस्त एक दुईवटा धानको बिरुवा हिलाएको खेतमा घुसाउने रहर पलाएको देखियो । जस्लाई त्यसरि श्रम गर्नुपर्दोरहेछ भनि सचेत, शिक्षित र बाध्य बनाउने अभिप्राय अरु कोहि माथि नभएर हजुरमा नै जान्छ भन्ने म जस्ता करोडौले बुझेका छौ । के साना नानीबाबुहरु, युवा युवतिहरु, के प्रौढ, बृद्द, बृद्दाहरु, बिदेशी समेत गरि सवै सवैलाई शारीरिक श्रम गर्नु पर्दोरहेछ, खल खलि पसिना निकाल्दै ढुङ्गा माटोसङ पनि रम्नुपर्दोरहेछ भन्ने हुटहुटि पनि बढाइदिनु भयो ।
यसरी एउटा मेयरले गर्दा धरानमा त्यति धेरै परिवर्तन, बिकास र सचेतना हुन्छ भने देशका ७७ वटै जिल्लामा हजुर जस्ता एकरुप्पे भ्रष्टाचार गर्दिन भनि आराम गर्ने समयमा पनि देशकै बारेमा सोच्ने, असिन पसिन हुने, श्रमवार, सुधारवार जस्ता दिनहरु बनाई सो अनुरुप कामहरु गर्दै गराउदै अगाडि बढिरहने नेता हुने हो भने यो देश ५ वर्षमै कायापलट हुन्छ । धेरै धेरै राम्रा कार्ययोजनाहरु बनाई पुरा गरिरहनु भएको छ । थप त्यस्तै नयाँ नयाँ कार्य योजना बनाई पुरा गर्दै जाने हिम्मत जुटिरहोस र पुरागर्दै जानुहोस । यसमै तपाई अनि सारा नेपालीको भलो हुनेछ नै ।
परिश्रम गर्ने र गराउने एक मात्र मनबाटै चिताएको जस्तो नेता मैले पाएको छु, धरानले पाएको छ, यो देशले र सारा विश्वले पाएको छ । श्रम सँस्कारको इतिहास रचि सक्नु भएको छ । राम्रो काम जति नै गरेपनि कुरा काट्नेहरु अप्रत्यक्ष, प्रत्यक्ष, पत्रपत्रिका, रेडियो, टिभि, सामाजिक सन्जालमा कुरा काटि रहेकै हुन्छन । फेरि सवै ब्यक्तिहरु र समाचारका माध्यमहरु पनि कहाँ स्वतन्त्र छन र ? तिनिहरुले नजिककालाई पोस्ने र टाढाकालाई डस्ने बानिनै परिसकेको छ । कुरा काट्नेहरु जत्ति भएपनि त्यो भन्दा हजारौ गुणा राम्रा काम गर्नेको जो कोहि को पनि प्रशम्शा गरिरहेका हुन्छन, भेटिन्छन । यसरिनै हिम्मत र हौशलाका साथमा अगाडि बढिरहनुहोस । सवैको साथ र समर्थन निरन्तर रहनेछ, बढ्दै जानेछ । अन्त्यमा सम्माननिय श्रम सस्कारका पिता हर्क साम्पाङ्गको सोच, त्याग र योगदान लाई १००० तोप बराबरको सलामि सहित हार्दिक नमन ।
विजेन्द्र श्रेष्ठ

More From Author

भदौ ९ गते सिधा भाषामा भन्दा खेल्ने हो II Harka sampang II Dharan news II Goji media

धरानमा सानो छो*री संगै आमाको बि*चल्ली II Dharan news II Goji media

Leave a Reply

Your email address will not be published. Required fields are marked *