पिट्सवर्ग, पेन्सिलभेनिया — विश्व शान्ति, मानव एकता तथा सम्पूर्ण जगतप्राणीहरूको संरक्षणको उद्देश्यले “उभौली सेवा २०२६” कार्यक्रम आयोजना हुने भएको छ।

किरात कल्चरल सोसाइटी अफ पिट्सवर्गको आयोजनामा हुने उक्त धार्मिक तथा सांस्कृतिक कार्यक्रम यही मे ३१, २०२६ ९आइतबार० का दिन क्यगतज एबचप, ःबउभि क्उचष्लन म्चष्खभ, एब् ज्ञछज्ञद्दढ मा सम्पन्न हुनेछ।
कार्यक्रम बिहान ७स्०० बजेदेखि बेलुका ७स्०० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा किरात समुदायका धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पक्षलाई समेट्ने विभिन्न महत्वपूर्ण गतिविधिहरू समावेश गरिएका छन्।
कार्यक्रम अन्तर्गत लाधुङसेमी सेवा ९अष्टयोग्य सेवा०, माङसिवखाहुन ९भजन प्रस्तुती०, मुन्धुमी प्रवचन, नृत्य तथा गायन प्रस्तुती लगायतका कार्यक्रमहरू रहनेछन्। साथै, महागुरु फाल्गुनन्दज्यूको अमृतमय दार्शनिक माङवाणीको विशेष प्रस्तुती समेत गरिने आयोजकले जनाएको छ।
उक्त कार्यक्रममा सहभागी भई धार्मिक तथा सांस्कृतिक एकता अभिवृद्धि गर्न सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौ ।



