९ वर्षमा पनि सकिएन बारपाक सडकको कालोपत्रे

काम सुरु भएको ९ वर्षमा पनि बाह्रकिलो बारपाक सडक कालोपत्रेको काम सम्पन्न भएको छैन। लोहनी एण्ड ब्रदर्श प्रालि र रसुवा इलाइट सुर्य जेभीले जिम्मा लिएको खण्डमा काम अलपत्र रहेको गोरखा सडक योजनाले जनाएको छ ।यता, बालुवादेखि बारपाकसम्मको १६ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको रसुवा इलाइट सुर्य जेभीको पनि हालसम्म सातौ पटक म्याद थप भइसक्यो । तर, काम सम्पन्न भएको छैन ।‘करिव ८० प्रतिशत मात्र काम सकेर राखेको छ,’ उनले भने, ‘केही खण्ड कालोपत्रे गर्नुपर्ने छ र कालोपत्रे भइसकेको केही खण्ड विग्रिएकाले त्यसलाई पनि मर्मत गर्नुपर्छ ।’ पटक-पटक म्याद थप भएपनि फिल्डमा काम नभएको उनले जानकारी दिए ।‘यो खण्डमा पनि केही भाग कालोपत्रे गर्न बाँकी भने कालोपत्रे भइसकेर पनि बिग्रिएको केही भाग मर्मत गर्नुपर्ने छ,’ कार्यालय प्रमुख खड्काले भने ।‘बर्खाको बेलामा पुर्व तयारीका कामहरु गर्न सकिन्छ नी, तर दुवै साइटमा ठेकेदारको मोविलाइजेसन भएको छैन,’ उनले भने १२ किलोदेखि बारपाकसम्मको कुल ४६ किलोमिटरको सडक चार खण्डमा विभाजन गरी ठेक्का लगाइएको हो । १२ किलोदेखि मसानेठाटीसम्मको चार किलोमिटर खण्ड कालोपत्रे गर्ने जिम्मा गोरखा एप्रोप्रियट फर कन्स्ट्रक्सनले पाएको हो भने निवेलदेखि अर्कुलसम्मको ५ किलोमिटर सडक कालोपत्रेको जिम्मा कन्काइ गोरखा जेभीले पाएको हो। यी दुवै खण्डमा काम सम्पन्न भइसकेको छ । तर, बाँकी दुई खण्डमा भने ठेकेदारको लापरवाहीका कारण काम अलपत्र छ ।

More From Author

रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी

विद्यार्थीको झगडामा राजनीति घुस्यो, कृषि विश्वविद्यालय ठप्प

Leave a Reply

Your email address will not be published. Required fields are marked *